काठमाण्डौ। मिदास टेक्नोलोजीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सेवा डिजिटलाइज गर्नुका साथै अनलाइन टिकट सेवा सुरु गरेको छ।
अब प्रदेस १ र २ का बिरामीहरुले बिहानैदेखि घन्टौँ लाइनमा बसेर पाउने सास्तीबाट छुटकारा पाउने कुरामा मिदास टेक्नोलोजी विश्वत छ। यो सेवा पूर्वाञ्चल स्वास्थ्य छेत्रअन्र्तगतमा पहिलोपटक मिदास टेक्नोलोजी सफ्टवेरमार्फत सुरु गरिएको छ।
बिरामीहरु आफैँ अपोइन्टमेन्ट लिन र भुक्तान गर्नसक्षम हुनेहुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुनेछ। विश्वमा जारी कोरोना महामारीको समयमा यो सेवा प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ।
यो सेवा हाललाई टिचिङ अस्पताल, वीर अस्पताल, सिभिल सर्भिस अस्पताल, मनमोहन कार्डियोसँगै मिदास टेक्नोलोजीले उपलब्ध गराएको सफ्टवेर प्रयोगकर्तामाझ अन्य सरकारी तथा निजी अस्पतालहरुले समेत दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ।
स्वास्थ्य सूचना प्रविधिको क्षेत्रमा एक विश्वसनीय नाम मिदास टेक्नोलोजी आइएमई ग्रुपद्वारा प्रवर्द्धित कम्पनी हो। विगत दुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्ने कार्यमा मिदासले अग्रणी भूमिका खेल्दै आएको छ। कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) को आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरूको व्यवस्थापन पूर्ण रुपमा डिजिटलाइज गर्न प्रविधिको विकास गरेको छ।
मिदासले देशभरका १५० भन्दा बढी अस्पताललाई व्यवस्थापन पद्धतिमा सहयोग गर्दै आइरहेको छ।
हाल मिदास टेक्नोलोजीले मेरो डाक्टर मोबाइल एप तथा वेबमार्फत अनलाइन टेलिमेडिसन सेवा प्रदान गर्दै आइरहेको छ। यो सेवा लिन इच्छुक बिरामीका लागि २०० भन्दा बढी विशेषज्ञ डाक्टरमार्फत ५०% छुटका साथै अनलाइन टेलि कन्सल्टेन्सी सेवा उपलब्ध गराउँदै आएको छ। यसका साथै मेरो डाक्टर मोबाइल एप तथा वेबमार्फत उपलब्ध केही पूर्णकालीन चिकित्सकहरुसँग बिरामीले दैनिक रुपमा बिहान ७ बजेबाट राती ९ बजेसम्मको समयमा तत्काल निःशुल्क परामर्श लिन सक्नेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago