काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले गण्डकी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया एवम् छलफल कार्यक्रम आयोजना गरेको छ ।
बिहीबार पोखरामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बीमाको दायरा विस्तारका लागि हरेक नागरिकलाई बीमा किन गर्ने र बीमाबाट के कस्तो फाइदा हुन्छ भन्ने बारेमा बुझाउनु आवश्यक भएको बताए ।
स्थानीयस्तरमा बीमा सम्बन्धी जनचेतना अभिबृद्धिका कार्यमा सहयोग गर्न प्रदेश सरकार तयार रहेको जानकारी दिँदै मुख्यमन्त्री पाण्डेले बीमा गरेपछि समयमा नै दाबी भुक्तानी पाउनुपर्ने भन्दै बीमाप्रतिको विश्वास बढ्नेगरी सवैले कार्य गर्नुपर्ने बताए ।
त्यसैगरी नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमाको विकास एवम् पहुँच विस्तारका लागि प्रदेश सरकारले प्रदेश बीमा नीति ल्याउनुपर्ने कुरामा जोड दिए ।अध्यक्ष सिलवालले बीमामार्फत जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्न सकिने भएकाले आर्थिक रूपमा सक्नेलाई बीमा गर्न प्रोत्साहन गर्न र न्यून आय भएका बर्ग पहिचान गरी बीमा गर्ने व्यवस्था गर्न पनि सुुझाव दिए ।
अध्यक्ष सिलवालले कोरोना बीमाको बाँकी दाबी भुक्तानीका सम्बन्धमा अर्थ मन्त्रालयमा पहल भइरहेको पनि बताए ।कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेलले बीमाको परिचय, बीमाको पहुुँच, बीमा सम्बन्धी विद्यमान कानूनी व्यवस्था,बीमाको पहुँच विस्तारमा प्रदेश सरकारको भूमिकालगायतका विषयमा प्रस्तुती दिएका थिए ।
कार्यक्रममा सहभागीहरूले कृषि तथा पशुपन्छी बीमामा भएको लगानीलाई मात्र नहेरी त्यसबाट हुने उत्पादनलाई पनि हेर्न, बीमा सम्बन्धी जनचेतना अभिवृद्धिमा जोड दिन, स्वास्थ्य बीमालाई बीमाको सिद्धान्त अनुरूप अगाडि बढाउन, प्रदेश सरकारले आर्थिक अवस्था न्यून आय भएका बर्गलाई बीमाको दायरामा पहल गर्न तथा बीमा प्राधिकरण र बीमा कम्पनीहरूले यसका लागि थप पहल गर्नुपर्नेमा आआफ्ना धारणा राखेका थिए ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19