काठमाण्डौ । साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। 

नेप्से इन्डेक्स आज २३.१६ अंकले घटेर १८५१ विन्दुमा बन्द भएको छ। सेन्सेटिभ इन्डेक्ससमेत आज ३.३८ अंकले घट्न पुगेको छ। 

नेप्सेमा रहेका १३ वटै उपसूचक आज राताम्मे भएका छन्। बीमा समूहका दुईवटै उपसूचक घटेका छन्। जीवन बीमा सबइन्डेक्स २.०९ प्रतिशत र निर्जीवन बीमा सबइन्डेक्स ०.९२ प्रतिशतले घटेको छ। 

बीमा समूहका दुईवटै उपसूचक राताम्मे भए पनि आज सेयरभाउ बढ्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्समात्रै रहेको छ। आज सर्वाधिक सेयरभाउ बढ्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ। कम्पनीको सेयरभाउ आज ७.८७ प्रतिशत अर्थात् ५४ रुपैयाँले बढेर ७४० रुपैयाँ पुगेको छ। 

त्यस्तै सर्वाधिक सेयरभाउ घट्ने कम्पनीमा भने सानिमा जीआईसी इन्स्योरेन्स रहेको छ। कम्पनीको सेयरभाउ ५.१७ प्रतिशतले घटेर ४४० रुपैयाँ कायम भएको छ। यसका साथै सानिमा रिलायन्स लाइफको ४.१४ प्रतिशत, सिटिजन लाइफको ४.१२ प्रतिशत र सन नेपाल लाइफको ४.०९ प्रतिशतले घटेको छ। 

त्यस्तै रिलायबल नेपाल लाइफको ३.८९ प्रतिशत, नेपाल इन्स्योरेन्सको ३.०१ प्रतिशत, आइएमई लाइफको २.८७ प्रतिशत, एनएलजी इन्स्योरेन्सको २.७१ प्रतिशत, सूर्यज्योति लाइफको २.५७ प्रतिशत, हिमालयन लाइफको २.५४ प्रतिशत, शिखर इन्स्योरेन्सको २.१८ प्रतिशत, नेपाल लाइफको १.७१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १.३७ प्रतिशत, नेसनल लाइफको १.०९ प्रतिशत, एशियन लाइफको ०.९५ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.८० प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ०.६३ प्रतिशत, आइजीआई प्रडेन्सियल इन्स्योरेन्सको ०.४५ प्रतिशत, युनाइटेड अजोड इन्स्योरेन्सको ०.३९ प्रतिशत, नेको इन्स्योरेन्सको ०.२६ प्रतिशत र एलआईसी नेपालको ०.०८ प्रतिशतले घटेको छ। 

आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको लिस्टमा तीन जीवन बीमा कम्पनी परेका छन्। सिटिजन लाइफको ३ करोड ६७ लाख, रिलायबल नेपाल लाइफको ३ करोड ५८ लाख र आइएमई लाइफको २ करोड ८७ लाख रुपैयाँ माथिको कारोबार भएको छ।