काठमाण्डौ । कोरोनाभाइरसको उपचारका लागि अहिले विश्वभरका वैज्ञानिकहरु खोज तथा अनुसन्धानमा जुटेका छन्।
यसबीच इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) को एउटा खुसीको खबर बाहिर ल्याएको छ। यदि यो खबर साँच्चीकै सफल भयो भने कोरोना रोकथाममा निकै मद्दतगार हुन सक्छ।
आईसीएमआरका राष्ट्रिय अध्यक्ष तथा एम्सका पूर्वडिन नरिन्दर मेहराका अनुसार भारत, अफ्रिका, ल्याटिन अमेरिकाजस्ता देशमा क्षयरोग (टीबी) को प्रकोप निकै छ। यी देशमा सानै उमेरमा टीबी नियन्त्रणका लागि बीसीजी भ्याक्सिन दिइन्छ। जसका कारण अहिले ती देशमा कोरोनाको असर कम देखिएको हुन सक्ने मेहरा बताउँछन्।
मेहराका अनुसार अहिले त्यही बीसीजी भ्याक्सिनको मद्दतले कोरोनाको उपचार र रोकथाम सम्भव छ छैन भन्ने विषयमा अध्ययन आवश्यक छ। ‘विशेषगरी बीसीजी भ्याक्सिन टीबी नहोस् भनेर दिइन्छ तर यसले शरीरमा क्रस इम्युनिटी वा रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि गर्छ’, उनले भने, ‘यदि अहिले यो भ्याक्सिन उपयोगमा ल्याउने हो भने यसले शरीरमा कोरोनाको संक्रमण फैलिन नदिन वा रोक्न सक्छ।’
मेहरा क्रस इम्युनिटीको सबैभन्दा राम्रो उदाहरण बीसीजी भ्याक्सिन रहेको बताउँछन्। एउटा अध्ययनले पनि यो देखाएको छ कि बीसीजी भ्याक्सिनले इन्फेक्सन कम गर्नुका साथै मृत्युदर पनि कम गर्छ।
मेहराले अनुसन्धानले पश्चिमी युरोप र अमेरिकाजस्ता देश जहाँ बीसीजी भ्याक्सिन लगाइँदै त्यहाँ कोरोनाको संक्रमण दर निकै धेरै देखिएको बताए। ‘त्यही कारणले ती देशमा कोरोना संक्रमित र मृतकको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ’, उनले भने।
भारत, दक्षिण अफ्रिका, ल्याटिन अमेरिकामा बीसीजी भ्याक्सिन निकै वर्षदेखि लगाइँदै आएको छ। यदि यी देशसँग तुलना गर्दै बीबीजी भ्याक्सिनका कारण क्रस इम्युनिटी विकासित गर्न सकिने मेहरा बताउँछन्। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19