काठमाण्डौ। क्षयरोग अर्थात टीबीविरुद्धको भ्याक्सिन बीसीजी प्रयोग गर्ने देशहरुमा कोरोनाभाइरसबाट हुने मृत्युदर अरु देशको तुलनामा ६ गुणा कम रहेको तथ्य सार्वजनिक भएको छ।
हालै गरिएको अनुसन्धानबाट यस्तो तथ्य सार्वजनिक भएको हो। अनुसन्धानले यो बीसीजी भ्याक्सिन नदिने देशहरुमा भन्दा दिने देशहरुमा कोरोनाबाट हुने मृत्युदर निकै कम रहेको तथ्य सार्वजनिक गरेको छ।
शताब्दी पुरानो बीसीजी खोप क्षयरोग निवारणका लागि विकास गरिएको थियो। केही देशहरुमा यो खोप विशेषगरी १० देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई अनिवार्य दिनुपर्ने व्यवस्था छ।
क्षयरोग विशेषगरी फोक्सोमा हुने इन्फेक्सनबाट हुन्छ। यो इन्फेक्सन दर घटेपछि ब्रिटेनमा सन् २००५ बाट यो खोप दिन बन्द गरिएको छ।
अहिले महामारीको रुप धारण गरेको कोरोनाविरुद्ध बीसीजी खोप निकै फलदायी रहेको विज्ञहरुले बताएका छन्। कोरोनाभाइरसले फोक्सोमै असर गर्ने भएकोले यो खोपले फोक्सोको सुरुक्षा गर्नुका साथै शरीरभित्र रहेको कोरोनाभाइरसको जीवाणुविरुद्ध प्रतिरोधात्मक क्षमता विकास गर्ने उनीहरुको भनाइ छ।
विज्ञहरु अहिले कोरोनाभाइरस रोकथामका लागि यो खोप मानिसहरुलाई दिने विषयमा सोच्न थालेका छन्।
यस्तो तथ्य सार्वजनिक भएसँगै जोन हप्किङ्स ब्लोमबर्ग स्कुल अफ पब्लिक हेल्थका विज्ञहरुको चार टोलीले चारवटा देशहरुमा बीसीजी खोपले कोरोना संक्रमण रोकथाम वास्तवममै गर्न सक्छ भन्ने परीक्षण सुरु गरेका छन्।
पहिलो टोलीले अस्ट्रेलियाको मुरडोच चिल्ड्रेन्स रिसर्च इन्स्टिच्युटमा तीव्रगतिमा यो परीक्षण भइरहेको छ। करिब ४ हजार अस्पतालहरुका कर्मचारी स्वयंसेवकका रुपमा ६ महिनो यो परीक्षणमा भाग लिइरहेका छन्।
त्यस्तै अर्को टोलीले नेदरल्यान्डसका १ हजार स्वास्थयकर्मीमा यो परीक्षण गरिरहेको छ।
सरुवारोगसम्बन्धी वरिष्ठ अनुसन्धानकर्ता निगेल सर्टिसले बीसीजी खोपले मानिसको शरीरमा रोगक प्रतिरोधात्मक क्षमता बढाउने भएकाले विभिन्न किसिमको इन्फेक्सन, भाइरस र ब्याक्टेरियासँग लड्न सजिलो हुने बताए। ‘यदि बीसीजी खोपले कोरोना रोकथामका लागि काम गर्दैन थियो भने हामी यसमा अनुसन्धान नै सुरु गर्ने थिएनौँ’, उनले भने, ‘तर बीसीजी खोप नलगाएका मानिसमा कोरोनाको संक्रमण हुने सम्भावना बढी र लगाएकामा कम देखिएकोले हामी थप अनुसन्धानमा जुटेका हौँ।’
निगेलले यदि यो परीक्षण सफल भएमा कम मूल्यको भ्याक्सिनबाट कोरोना संक्रमण रोकथाममा सहयोग पुग्ने बताए।
अर्को इम्पेरियल कलेज लन्डनका प्रोफेसर पिटर ओपनशले यो परीक्षणको स्वागत गरेका छन्। उनले बीसीजी खोपले मानिसको शरीरमा कम समयमै रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकोले अन्य रोगको संक्रमण फैलिने सम्भावना कम हुने बताए। त्यसैले यो प्रभावकारी हुन सक्ने उनको भनाइ छ। – एजेन्सी
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19