काठमाण्डौ। प्रणाघात कोरोनाभाइरसविरुद्धको औषधि वा भ्याक्सिन बनाउने विषयले यतिखेर विश्वका वैज्ञानिकहरु पसिना छुटाएको छ। नतिजा अहिले अस्पतालहरुमा दैनिक हजारौँ मानिसको ज्यान गइरहेको छ।

विश्वमा प्रविधि र विज्ञानको क्षेत्रमा चाहे जति नै उछाल किन नआएको होस् तर यतिखेर यो भाइरसले विज्ञानलाई समेत ठूलो चुनौती दिइरहेको छ। अर्थात अहिलेसम्म वैज्ञानिकहरु यो भाइरसविरुद्धको औषधि वा भ्याक्सिन बनाउन सफल हुन सकेका छैनन्। 

एक्काइसौँ शताब्दीको यो अत्याधुनिक प्रयोगका बीच वैज्ञानिकहरु अहिले फेरि १०० वर्ष (एक शताब्दी) पछाडि धकेलिन बाध्य भएका छन्। एक शताब्दी यो कारणले किन कोरोनाविरुद्धको लडाइँमा बीसीजीको खोप एउटा आशाको किरण बनेर देखिएको छ। यो भाइरस सबैभन्दा पहिलो सन् १९२१ बाट आधिकारिक रुपमा प्रयोगमा आएको थियो।

बीसीजी ब्याक्टेरियाबाट हुने रोग टीबी (क्षयरोग) को उपचारमा प्रयोग हुन्छ। टीबी र कोरोनाभाइरस फरक किसिमका रोग हुन्। टीबी ब्याक्टेरियाको जोडिएको बिरामी हो भने कोरोना भाइरसँग। 

वैज्ञानिकहरुको विश्वासको बीसीजी खोप मानिसमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। जसका कारण मानिसलाई कोरोनाभाइरसबाट बचाउन निकै लाभदायक हुन्छ।

सीएनएनका अनुसार मेसाचुसेट्स जनरल अस्पतालमा न्युनोलोजी विभागकी निर्देशक तथा हार्वर्ड मेडिकल स्कुलकी असोसिएट प्रोफेसर डा डिनाइज फोस्टमेनले क्लिनिकल ट्रायलका क्रममा बीसीजी भ्याक्सिन मानिसमा सकारात्मक लाभ प्राप्त हुन सुरु हुन्छ जुन टीबीका बिरामीका लागि खासै आवश्यक हुँदैन। 

अमेरिकाको फुड एन्ड ड्रग ऐडमिनिस्ट्रेसनले कोरोनाभाइरससँग लड्नका लागि कुनै भ्याक्सिन र उपचार सुझाएको छैन। तर यसलाई पनि विश्वास छ कि बीसीजी भ्याक्सिन कोरोनाविरुद्धको लडाइँमा सहयोगीसिद्ध हुन्छ। 

वन्डरबिल्ट युनिभर्सिटी स्कुल अफ मेडिसिनमा संक्रामक बिरामीका विशेषज्ञ डा विलियम शाफनर कोरोनाविरुद्धको लडाइँमा बीसीजी भ्याक्सिनको प्रयोग परम्परागत हुने बताउँछन्। ‘मलाई लाग्छ यो आउट अफ द बक्स अवधारणा हो’, उनले भने, ‘जसमा मानिस भरोसा गर्न चाहन्छन् तर हामी पर्ख र हेरको स्थितिमा छौँ।’

अमेरिका र नेदरल्यान्डस् जस्ता केही देशले कोरोना संक्रमण रोकथामका लागि बीसीजी भ्याक्सिनको क्लिनिकल ट्रायल सुरु गरिसकेका छन्। अमेरिकाले पनि डा डिनाइज बोस्टनको नेतृत्वमा ४ हजार हेल्थ वर्कर्सको टिमसँग मिलेर यसको मेडिकल ट्रायल गर्न सुरु गर्ने तयारीमा छ। 

डा बोस्टन बीसीजी भ्याक्सिन १०० वर्षदेखि प्रचलनमा रहेको र सअपेक्षाकृति रुपमा सुरक्षित रहेको बताउँछिन्। उनका अनुसार विश्व स्वास्थ्य संगठनले यो भ्याक्सिन अहिलेको अवस्थामा निकै सुरक्षित रहेको जनाएको छ। 

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म बीसीजी भ्याक्सिन विश्वमा ३ अर्बभन्दा बढीले प्रयोग गरिसकेका छन्। – एजेन्सी