काठमाण्डौ । एनएमबि बैंकले बी एन्ड बी हस्पिटलमा उपचारका लागि आउने व्यक्ति तथा कर्मचारीलाई सहज होस भन्ने उद्देश्यले एटीएम तथा विस्तारित सेवा सञ्चालनमा ल्याएको छ।
उक्त सेवाको उद्दघाटन एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र बी एन्ड बी बोर्डका तर्फबाट डा. सरोज बैद्यले संयुक्त रुपमा गरेका छन्। कार्यक्रममा एनएमबि बैंकबाट कर्मचारीहरुका साथै बी एन्ड बीका तर्फबाट डा. रिना बैद्य, विवेक श्रेष्ठ, चेतना बाँसकोटालगायतको उपस्थिति थियो। वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै र सुरक्षाका उपायहरु अवलम्बन गर्दै उक्त कार्यक्रम गरिएको थियो।
एनएमबि बैंकले हाल देशभरि १८० शाखा, १३६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago