काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले बुुक बिल्डिङ सम्बन्धी निर्देशिकाको मस्यौदामा सरोकारवालाबाट रायसुुझाव माग गरेको छ।

बोर्डले बुुल बिल्डिङ सम्बन्धी निर्देशिका,२०७७ का निम्ति रायसुझाव माग गरेको हो । 

सम्बन्धित सरोकारवालाहरुलाई उक्त निर्देशिकाका सम्बन्धमा रायसुुझाव आगामी असार १४ गतेभित्र बोर्डको इमेल corporate.finance@sebon.gov.np मा पठाउन बोर्डले आग्रह गरेको छ ।

बोर्डबाट जारी सूूचनाअनुुसार संगठित संस्थाले आइपीओको निष्कासन मूूल्य निर्धारण गर्न तथा धितोपत्रको मूूल्य निर्धारण प्रक्रियालाई पारदर्शी तथा प्रतिस्पर्धी बनाउन आवश्यक व्यवस्था गर्न धितोपत्र सम्बन्धी ऐन,२०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गरी धितोपत्र दर्ता तथा निष्कासन नियमावली,२०७३ (संसोधनसहित)को नियम २५ ग को प्रयोजनका लागि बुुक बिल्डिङ सम्बन्धी निर्देशिका ,२०७७ लागू हुन लागेको र सोही प्रयोजनका लागि सुझाव मागिएको हो ।