काठमाण्डौ । बुक बिल्डिङ विधिबाट आइपीओ निश्कासन प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउनका लागि निर्देशिकामा भएको व्यवस्थाका अतिरिक्त थप भूमिका माग्दै नेप्सेले धितोपत्र बोर्डलाई एक पत्र लेखेको छ ।
नेप्सेले बोर्डलाई लेखेको सो गोप्यपत्र बिजशालाले प्राप्त गरेको छ, जहाँ नेप्सेले बोर्डलाई बुक बिल्डिङमा आफूलाई थप भूमिकाको व्यवस्था गरिदिन आग्रह गरेको छ ।
बुक बिल्डिङ निर्देशिका २०७७ को बुँदा नम्बर ५ मा बुक बिल्डिङ प्रक्रियाअन्तर्गत सेयर निश्कासन गर्ने संगठित संस्थाले स्वचालित विद्युतीय प्रणालीमार्फत सो सम्बन्धी कार्य संचालन गर्ने सम्बन्धमा धितोपत्र बजारसँग सम्झौता गर्नुपर्ने व्यवस्था रहेको छ ।
सोही निर्देशिकाको बुँदा नम्बर ८ मा संगठित संस्थाले निश्कासन तथा बिक्री प्रबन्धकको सहयोगमा योग्य संस्थागत लगानीकर्तासँग निजले चाहेको न्यूनतम खरीद संख्या, आशय मूल्य र सोको मूल्याङ्कन विधिसहित प्रारम्भिक विवरणपत्रमा सुझाव माग गर्नुपर्ने व्यवस्था रहेको छ ।
यस्तै, बुँदा नम्बर १२ मा धितोपत्र बजारले विद्युतीय बोलकबोल प्रणाली संचालन गर्नुपर्ने व्यवस्था गरेको र सोका लागि नेप्सेमा यूजर नेम र पासवर्डका लागि निवेदन दस्तुर १० हजार रुपैयाँ र वार्षिक नवीकरण शुल्क ५ हजार रुपैयाँ लिनसक्ने व्यवस्था गरेको छ ।
यस्तै, विद्युतीय बोलकबोल प्रणाली संचालन गरिदिएबापत नेप्सेले सम्बन्धित संगठित संस्थाबाट संस्थागत लगानीकर्तालाई छुट्याइएको धितोपत्रको अंकित मूल्यको ०.१ प्रतिशत वा न्यूनतम २ लाख रुपैयाँसम्म लिनसक्ने व्यवस्था रहेको छ ।
निर्देशिकाको बुँदा नम्बर १३ ले नेप्सेले उपलब्ध गराउने विद्युतीय बोलकबोलको प्रणालीमार्फत तोकिएको प्रक्रियाअनुसार कटअफ मूल्य निर्धारण गर्नुपर्ने जिम्मेवारी पनि दिएको छ ।
बुँदा नम्बर १८ मा स्वचालित विद्युतीय बोलकबोल प्रणाली संचालनमा नआञ्जेल संगठित संस्थाको शिलबन्दी बोलकबोलमार्फत धितोपत्रका लागि आवेदन माग गर्नसक्ने व्यवस्था गरिएको छ ।
अहिलेसम्म के–के भयो ?
नेप्सेले विद्युतीय बोलकबोल प्रणाली विकासका लागि स्पेशिफिकेसन तयार भइसकेको सो पत्रमा जनाएको छ । सो स्पेशिफिकेसनमा मर्चेन्ट बैंकर एशोसिएसनसँग छलफल गरी लिखित सुझाव माग गरिएको र त्यहाँबाट प्राप्त सुझावमा निर्देशिकामा नेप्सेले गर्नुपर्ने भनी उल्लेख भएका काम अतिरिक्त थप केही विषय नेप्सेले तयार गर्ने प्रणालीमा राख्नुपर्ने भनी अनुरोध भई आएको उल्लेख गरेको छ ।
नेप्सेले बनाउने प्रणालीमा आशय मूल्य प्राप्त गर्ने र त्यससँग सम्बन्धित कागजात तथा डाटा सुरक्षित राख्ने विषय समेत समेटिनुपर्ने मर्चेन्ट बैंकर एशोसिएसनले सुझाव दिएको छ ।
यस्तै, संस्थागत लगानीकर्ताहरुले बोलकबोलअन्तर्गत प्रस्ताव पेश गर्दा लगानीकर्ताहरुको बैंक खातामा रोक्का राख्नुपर्ने रकम प्रणालीमार्फत नै सम्बन्धित सबै बैंक तथा वित्तीय संस्थाको खातामा रोक्का राख्ने व्यवस्था समेत हुनुपर्ने एशोसिएसनको सुझाव छ ।
साथै हाल संचालित विद्युतीय बोलकबोल प्रणाली संचालनमा नआउञ्जेल संगठित संस्थाले शिलबन्दी बोलकबोलमार्फत धितोपत्रका लागि आवेदन माग गर्नसक्ने व्यवस्था भए पनि सर्वोत्तम सिमेन्ट लिमीटेडको बुक बिल्डिङ प्रक्रियाअन्तर्गत सेयर निश्कासन गर्ने कार्य अघि बढेकोले आशय मूल्य निर्धारण गर्न र शिलबन्दी बोलकबोलमार्फत धितोपत्रका लागि आवेदन माग गर्न समेत नेप्सेले नै सहजीकरण गरिदिनुपर्ने मर्चेन्ट बैंकरहरुले माग गरेका पत्रमा उल्लेख छ ।
नेप्सेले मागेको थप भूमिका
नेप्सेले धितोपत्र बोर्डसँग ३ वटा बुँदामा उल्लेख गरी थप भूमिका मागेको छ । ती बुँदाहरु यस्ता छन्:
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago