काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले बुक बिल्डिङ विधिअन्तर्गत आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ताका रुपमा कार्य गर्न स्वीकृति प्राप्त संस्थाहरुका लागि छलफल कार्यक्रम (रोड शो) तय गरेको छ।
कम्पनीले यही असार २३ गते रोड शो आयोजना गर्ने निर्णय गरेको हो। कार्यक्रम काठमाण्डौको सोल्टीमोडस्थित ह्यात प्यालेसमा दिउँसो ३ः१५ बाट सुरु हुनेछ।
कार्यक्रममा कम्पनीले योग्य संस्थागत लगानीकर्ताहरुलाई सहभागी गराई बुक बिल्डिङ निर्देशिका, २०७७ को दफा (८)को व्यवस्थाअनुरुप आशय मूल्य (योग्य संस्थागत लगानीकर्ताले खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, आशय मूल्य तथा मूल्यांकनको विधिसहित प्रारम्भिक विवरणपत्रमा सुझाव भएमा सोसमेत) प्राप्त गर्नेछ। इच्छुक स्वीकृति प्राप्त संस्थालाई रोड शो कार्यक्रममा सहभागी हुन कम्पनीले आग्रह गरेको छ।
छलफलमा उपस्थित हुन इच्छुक संस्थाहरुले प्रारम्भिक विवरणपत्र (धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम (५) बमोजिमको विवरण, निष्कासन गरिने धितोपत्रको संख्या, धितोपत्रको अनुमानित मूल्य, मूल्यांकनका आधार र औचितसमेत) र संस्थाको ३ वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण ल्याउनुपर्नेछ।
कम्पनीले बुक बिल्डिङ विधिबाट १६ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ। जसमध्ये ४० प्रतिशत सेयर संस्थागत लगानीकर्ता र ६० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago