काठमाण्डौ । सानिमा माई हाइड्रोपावर लिमिटेडले नगद लाभांश बुझिलिन आउन सेयरधनीहरुलाई सूचित गरेको छ। 

कम्पनीले आज एक सूचना प्रकाशित गरी नगद लाभांश बुझिलिन आउन सेयरधनीहरुलाई सूचित गरेको हो। 

कम्पनीको विभिन्न साधारणसभाबाट पारित भएबमोजिम चालु आर्थिक वर्षसम्मको लाभांश रकम सम्बन्धित सेयरधनीले वा निजको हकवालाले हालसम्म पनि बुझी नलिएकोले आफ्नो लिन बाँकी कम्पनीको सेयर रजिस्ट्रार सानिमा क्यापिटलबाट बुझिलिन आग्रह गरेको छ। 

लाभांश वितरण गर्ने विषयमा कम्पनीको साधारणसभाले निर्णय गरेको मितिले ५ वर्षको अवधि समाप्त भएपछि पनि कुनै सेयरधनीले बुझी नलिएको नगद लाभांशको रकम कम्पनी ऐन, २०६३को दफा १८३ बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जानकारी कम्पनीले दिएको छ।