काठमाण्डौ । तराईका जिल्लाहरुमा आज हर्षोउल्लासका साथ होली पर्व मनाइँदैछ। होलीका लागि आज तराईका जिल्लाहरुमा सार्वजनिक बिदा दिइएको छ। 

काठमाण्डौ उपत्यकालगायत पहाडी जिल्लाहरुमा भने हिजो सोमबार होली पर्व मनाइएको छ। यो दिन सरकारले सार्वजनिक बिदा दिएको थियो। 

तराईमा आज धुमधामका साथ होली पर्व मनाइँदैछ। तराई जिल्लामा सेयर बजारका लगानीकर्ताहरुले होली पर्व मनाइरहेका छन्। 

बुटवलमा सेयर लगानीकर्ता विष्णु अधिकारी र उनका परिवारजन तथा साथीभाइले होली पर्व मनाइरहेका छन्। उनीहरुले गालामा बुलिस आकृतिको कोरेका छन्। उनीहरु भन्छन्,‘बजार अब माथि नै जान्छ। किनकि बजार उच्च विन्दुबाट धेरै तल आइसकेको छ र यहाँबाट तल जाँदैन।