रुपन्देही । रुपन्देही व्यापार संघको आयोजनामा बिहीबारदेखि बुटवलमा लुम्बिनी एक्स्पो–२०७५  सुरु भएको छ ।

पुस १८ गतेसम्म बुटवल मण्डपमा चल्ने मेलाको प्रदेश नम्वर पाँचका मुख्यमन्त्री शंखर पोख्रेलले उद्घाटन गरे ।

‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ  भएको मेलामा स्थानिय साना तथा घरेलु ब्यवसायी तथा महिला उद्यमीलाई प्रेरित गर्ने, सूचना तथा संचार, शैक्षिक, सेवा मूलक, वैकल्पिक उर्जा, स्वदेशी उत्पादनका ६ सय स्टल रहेका संघका अध्यक्ष पदमप्रसाद श्रेष्ठले बताए ।

एक्स्पो उद्घाटनको अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले मेला महोत्सवले उद्यमशिलताको विकास गर्न बताए ।

समय–समय हुने यस्ता महोत्सवले उद्यमशिलताको विकास गर्न मुलुकको रकम विदेश पठाउने माध्यम मात्र बन्ने उनको भनाई छ। 

एक्स्पो मंसिर १८ गतेसम्म चल्नेछ । मेलामा १० लाख अवलोकनकर्ता आउने र ४० करोड रूपैयाँ बराबरको कारोवार हुने आयोजकको अपेक्षा छ ।