काठमाण्डौ । बोनस सेयरका लागि दुई जलविद्युत् कम्पनीको सेयरमूल्य समायोजन भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बुटवल पावर र छ्याङ्दी हाइड्रोपावर कम्पनीको सेयरमूल्य समायोजन गरेको हो। समायोजनअनुसार बुटवल पावरको १० प्रतिशत बोनसका लागि प्रतिकित्ता ४०५ रुपैयाँ र छ्याङ्दीको ५ प्रतिशतका लागि १५५ रुपैयाँ कायम भएको छ। यसअघि यी दुवैको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता क्रमशः ४४५ रुपैयाँ र १६३ रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार यी दुवै कम्पनीको सेयर कारोबार खुल्नेछ।
यी दुवैको प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन हुनेछ। लाभांश र साधारसभा प्रयोजनका लागि यी दुवैले आज पुस १७ गते बुक क्लोज गरेका छन्। यसको अर्थ हिजो पुस १६ गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago