काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम मौका रहेको छ ।

कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि पुस ९ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।  यसको अर्थ साधारणसभामा भाग लिन र लाभांश प्राप्ति गर्न आज (पुस ८ गते) सम्म सेयरधनी कायम भइसक्नुपर्नेछ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको कुल २८ प्रतिशत लाभांश वितरण गर्ने प्र्रस्ताव गरेको छ ।  जसमा १८ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर रहेको छ ।

कम्पनीले आफ्नो २७ औँ वार्षिक साधारणसभा पुस २४ गते काठमाण्डौको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजना गर्दैछ । सोही साधारणसभाबाट लाभांश अनुमोदन भई सेयरधनीहरुलाई वितरण गरिनेछ।