काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम मौका रहेको छ।

कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि पुस १७ गते बुक क्लोज गर्दैछ। यसको अर्थ आज पुस १६ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

कम्पनीले गत वर्षको मुनाफाबाट कुल २५ प्रतिशत लाभांश बाँड्ने घोषणा गरेको छ। जसमा १० प्रतिशत बोनस र १५ प्रतिशत नगद छन्।

प्रस्तावित लाभांश कम्पनीको यही पुस २८ गते हुने वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।