काठमाण्डौ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर भोलि सोमबारबाट कारोबारमा आउने भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) र बुद्धभूमि नेपालबीच आज (पुस २ गते) आईपीओ सूचीकरण सम्झौता भएसँगै यो कम्पनीको सेयर धितोपत्र दोस्रो बजारमा भोलि (पुस ३ गते) बाट कारोबारमा आउने भएको हो। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। 

यो कम्पनीको नेप्सेमा १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापकहरुको २८ लाख कित्ता, उद्योग प्रभावित क्षेत्रका बासिन्दाको ४ लाख कित्ता र सर्वसाधारणको ८ लाख कित्ता छन्। 

नेप्सेले धितोपत्र दोस्रो बजारमा कारोबारका लागि यो कम्पनीलाई बीएनएचसी संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्से यो कम्पनीलाई न्यूनतममा ८४.०४ रुपैयाँदेखि अधिकतममा २५२.१५ रुपैयाँ रेन्ज तोकिएको छ। यदि भोलि स्पेसल प्रि–ओपनिङ सेसनमा यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबार खुल्नेछ।

यो कम्पनीले गत असोज ११ गतेदेखि १४ गतेसम्म रु. ८ करोडको आईपीओ बिक्री गरेको थियो।