काठमाण्डौ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आज साउन ३२ गतेदेखि आईपीओ निष्कासन गरेको छ।
यो कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन गर्ने भएको हो। प्रतिमेगावाट लागत २३.८ करोड रुपैयाँ रहेको यो कम्पनीले प्रति साधारण सेयर १०० रुपैयाँ अंकित दरका १२ लाख कित्ता साधारण सेयरमध्ये आयोजना प्रभावितका लागि ४ लाख कित्ता निष्कासन गरिएको छ।
आयोजना प्रभावितलाई वितरण गरिसकेपछि यो कम्पनीले दोस्रो चरणमा ८ लाख कित्ता साधारण सेयर भने सर्वसाधारणका लागि निष्कासन गर्नेछ। सर्वसाधारणका लागि कहिलेदेखि सेयर निष्कासन गर्ने हो भन्ने विषय चाहिँ दोस्रो चरणमा जानकारी दिइनेछ।
आयोजना प्रभावितले भदौ १४ गतेसम्म आवेदन दिन सक्नेछन्। सो बेलासम्म निष्कासित सेयर बिक्री नभएमा ढिलोमा भदौ २९ गतेसम्म आवेदन खुल्ला हुने बताइएको छ।
इच्छुक आयोजना प्रभावितले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ।
लगानीकर्ताले नुवाकोटस्थित ज्योति विकास बैंकका शाखाहरु बट्टार, त्रिशूली, रातमाटे, रानीपौवा, समुद्रटार, देउराली, समरी र गल्छी, प्रभु बैंकका शाखाहरु बट्टार र महादेवफाँट, सिभिल बैंकका शाखाहरु ककनी एक्सटेन्सन काउन्टर, कपन, गोंगबु, टोखा, स्वयम्भु, मुख्य शाखा सीटीसी मल, चाबहिल र सेन्चुरी बैंकको बेलकोटगढी शाखाबाट आवेदन दिन सक्नेछन्।
यो कम्पनीले नुवाकोट जिल्लामा ४.९९३ मेगावाट क्षमताको तल्लो टाँडीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यो कम्पनीको लगानी फिर्ता हुने अवधि (पे ब्याक पिरियड) ५.४९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ८.५८ वर्ष रहेको छ।
आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago