– अर्जुन तिमिल्सिना
काठमाण्डौ । पर्सा जिल्लाको वीरगन्जमा मुख्य कार्यालय रहेको हिमालयन डिस्टिलरी नेप्सेमा सूचीकृत एकमात्रै रक्सी उत्पादन गर्ने कम्पनी हो । सन् १९८५ को जुलाई २४ मा प्राइभेट कम्पनीका रुपमा स्थापित यो कम्पनी ११ मार्च २००० मा पब्लिक कम्पनीमा परिणत भएको थियो।
यो कम्पनीमा संस्थापक समूहको ६२ प्रतिशत र सर्वसाधरण समूहको ३८ प्रतिशत सेयर स्वामत्व रहेको छ। कम्पनीले विगत २ वर्षदेखि लगातार सेयरधनीलाई १०० प्रतिशतसम्म लाभांश दिँदै आएको छ। यो वर्ष लगानीकर्तालाई ६० प्रतिशत बोनस र १० प्रतिशत नगद गरेर ७० प्रतिशत लाभांश घोषणा गरेको छ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनाका लागि कम्पनीले आउँदो पुस २० गते बुक क्लोज तय गरेकोले पुस १९ गतेसम्म कायम सेयरधनीले यो लाभांश पाउनेछन्।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको चुक्तापुँजी १ अर्ब ५१ करोड ८५ लाख रुपैयाँ रहेको छ। कम्पनीको रिजर्भमा १ अर्ब ५४ करोड ३३ लाख रुपैयाँबराबर रहेको छ।
कम्पनीको खुद नाफा २१ करोड ५७ लाख रुपैयाँबराबर रहेको छ। पहिलो त्रैमासमा प्रतिसेयर आम्दानी (ईपीएस) ५६.८४ रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको ईपीएस भने ९७.४० रुपैयाँ थियो। यस हिसाबले कम्पनीको पुँजी बढ्दै जाँदा ईपीएसमा ४१.६५ प्रतिशतले कमी आएको छ। हाल कम्पनीको बुक भ्यालु २०१ रुपैयाँ रहेको छ। कम्पनीको रिटर्न अन इक्विटी २८.१९ प्रतिशत रहेको छ।
प्राविधक पक्ष
इचिमोकुका आधारमा
इचिमोकुका आधारमा यो कम्पनीको सेयर करिब १ महिनादेखि नै बुलिस रहेको देखिन्छ। क्लाउड पोजिसन पनि रातोबाट हरियो बनेको छ। क्यान्डलहरु क्लाउड पोजिसनभन्दा माथि गएर बनेका छन्। तर, आज २६ दिना पछाडि चल्ने ल्यागिङ स्पान पोजिसन तल झरेर हुक बनाएको छ (हेर्नुहोस् कालो एरो)। यसले नाफा बुक भएको र केही कारोबार अझै करेक्सन हुन सक्ने बुझिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)
फियर एन्ड ग्रिड मिटरका आधारमा
फियर एन्ड ग्रिड मिटरका आधारमा यो कम्पनीको सेयरभाउमा हाल ७० को तहमा बुलिस सेन्टिमेन्ट देखिन्छ। यसले बुलिस सेन्टिमेन्ट भएको बुझिन्छ। कम्पनीको ५२ साताको उच्च मूल्य ७ हजार रुपैयाँ रहेको छ भने न्यून मूल्य २ हजार ८९८ रुपैयाँ रहेको छ। आज दोस्रो बजारमा यो कम्पनीको सेयर ३ हजार ९७० रुपैयाँमा कारोबार भएको छ।
बोलिंगर ब्यान्ड, म्याक्डी एन्ड आरएसआई
बोलिंगर ब्यान्डअनुसार यो कम्पनीको हिजोको कारोबारले अप्पर ब्यान्ड छोएर इन्भर्टेड ह्याम्मर बनाएको थियो भने आज बियरिस मारुबुजु क्यान्डल बनाएको छ (हेर्नुहोस् कालो एरो)। यसले यो कम्पनीको सेयरभाउमा केही करेक्सन हुन सक्ने देखिन्छ। योसँगै कम्पनीको सेयर कारोबारको भोलुममा पनि बढोत्तरी आएको छ।
म्याक्डीअनुसार गत २९ सेप्टेम्बरमा बनेको बुलिस क्रसओभर हाल पनि भ्यालिड नै रहेको छ। हिस्टोग्राम पोजेटिभ नै छन् भने आज फिक्का बनेको छ। आरएसआई हाल ओभर बट जोन ७५ भन्दा माथि पुगेर आज ६८ को तहमा आएको छ। यस आधारमा पनि यो कम्पनीमा अल्पकालमा केही करेक्सन आउन सक्छ।
पिभट विश्लेषणका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्टः ३८९०
घटेमा सपोर्ट
निष्कर्ष
आधारभूत रुपमा हेर्दा गएको ४ वर्षदेखि उच्च लाभांश बाँड्दै आएको यो कम्पनी धेरै लगानीकर्ताको रोजाइमा पर्न सफल कम्पनी हो। कम्पनीले गएको १० वर्षमा ४४४ प्रतिशत लाभांश बाँडेको छ। यस हिसाबले कम्पनीको चुक्तापुँजी पनि बढ्दै गएको देखिन्छ। कम्पनीको चुक्तापुँजी बढ्दै गए पनि रिजर्भमा भने अझै पनि पुँजीभन्दा बढी नै छ। यो भने कम्पनीको सबल पक्ष हो। पुँजी बढ्दै जाँदा कम्पनीको ईपीएस र रिटर्न अन इक्विटी भने घट्दै गएको छ।
आगामी त्रैमासहरुमा कम्पनीले रिटर्न अन इक्विटीमा कस्तो सुधार गर्छ त्यो भने महत्वपूर्ण हुन्छ। प्राविधिक रुपमा भने कम्पनीको सेयर बोलिंगर ब्यान्डको माथिल्लो विन्दु र आरएसआई ओभर बट जोनमा पुगेकोले केही समय अझै करेक्सन आउन सक्ने सम्भावना छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19