काठमाण्डौ । नेप्सेको चार्टमा आज बुलिस मारुबुजु क्यान्डल बनेको छ।
आज कारोबार खुलेदेखि नै एकनाशले बढेको बजार दिनभर नै बढेर बन्द भएको छ। यसकारण बजारमा आज बुलिस मारुबुजु क्यान्डल बनेको छ।
बोलिंगर ब्यान्डमार्फत हेर्दा भने बजार अप्पर ब्यान्डसँगसँगै हिँडेको देखिन्छ। म्याक्डीमार्फत हेर्दा भने बजार २७ डिसेम्बरमा बनेको बुलिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ। हिस्टोग्राम सकारात्मक नै रहेका छन् भने क्रमशः लामा–लामा हुँदै गएका छन्।
आरएसआईमार्फत हेर्दा बजार हाल ८२ को ओभरबट जोनमा पुगेको देखिन्छ। बढ्दो बजारमा आरएसआई लामो समय नै ओभरबट जोनमा बस्न सक्छ। तर, यो जोखिमपूर्ण हुने गर्छ।
पछिल्लो ३ कारोबार दिनमा बजारमा ५ अर्ब रुपैयाँभन्दा माथि कारोबार भएको छ। यस हिसाबले बजार बढ्दै गर्दा कारोबार पनि बढेको बुझिन्छ। यदि भोलि २२२२ भन्दा माथि बढेर बन्द भएमा बजारले अर्को प्रतिरोध सामना गर्न २३७० सम्म पुग्न सक्छ। तर, बजार घटेमा २१५० देखि २१६० मा सपोर्ट लिन सक्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19