काठमाण्डौ । यो साताको पहिलो कारोबार दिनदेखिको बजारलाई हेर्दा निकट भविष्यमै बुलिस ट्रेण्ड सुरु हुनसक्ने विश्लेषकहरुले दाबी गरेका छन् । दैनिकजसो आधादर्जन हाराहारीका कम्पनीका लगानीकर्ताले कुस्त कमाउनु, नेप्से परिसूचकमा वृद्धिसँगै कारोबार रकम पनि एकअर्ब माथि निरन्तर कायम हुनु र बजार बढाउने मुख्य कारक बैकिङ र बिमा समूहको सूचक अझ माथि पुुग्ने प्रशस्त आधारहरु तयार हुनु तथा बजारमा तरलता केही सहज भई बैंक तथा बित्तीय संस्थाहरुले ब्याजदर समेत घटाउन थाल्नुु लगायतका कारणले बजारमा बुलिस ट्रेण्ड सुरु हुनसक्ने विश्लेषकहरुले प्रक्षेपण गरेका हुन् ।
त्यसो त मंगलबारकै कारोबारले समेत बुलिस ट्रेण्डलाई निम्ता दिएको उनीहरु बताउँछन् । यो दिन ६ वटा कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएपछि पोजिटिभ सर्किट ब्रेकर नै लगाउनुपरेको छ । बैकिङ समूह झिनो अंकले बढेर बिमा समूह दोहोरो अंकले घटे पनि बजार परिसूचक र कारोबार रकम सोमबारको झै मेन्टेन हुनुले समेत निकट भविष्यमा बुलिस ट्रेण्ड आउनसक्ने दाबी जानकारहरुले गर्न थालेका छन् । तथापि, सेयर बजारको बिषयमा हुने प्रक्षेपण ठ्याक्कै नपुुग्नसक्छ ।
मंगलबार बजार परिसूचक ७.५६ अंकले बढेर १६६०.२५ बिन्दूमा पुुगेको छ । बिमा र होटल बाहेक बाँकी सबै समूहको सूचकमा हरियाली छायो ।
सबैभन्दा बढी विकास बैंक समूहको सूचक बढ्यो । यो समूहको सूचक ४४.५९ अंकले बढ्यो । यस्तै, वाणिज्य बैंक, बित्त कम्पनी, जलविद्युत, उत्पादनमूलक र अन्य समूह क्रमशः १.३८, ८.५४, १६.१८, ४३.५४ र ९.५५ अंकले बढे । होटल समूह ३.१२ अंकले घट्यो भने बिमा समूहमा ४१.६२ अंकको गिरावट देखियो ।
सोमबार भन्दा मंगलबार क वर्गका कम्पनीहरुको कारोबारमा केही मन्दी आयो । यहीकारण सेन्सेटिभ इण्डेक्स ०.८ प्रतिशत मात्र वृद्धि भयो । समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.५३ अंकको वृद्धि देखियो ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५८ कम्पनीका २१ लाख २१ हजार २ सय ३८ कित्ता सेयर १ अर्ब ४ करोड ५८ लाख ९२ हजार ७ सय ३८ रुपैयाँमा किनबेच भयो । सबैभन्दा बढी नेपाल ग्रामीण विकास बैंकले कारोबार गर्यो । यो बैंकको ७ करोड १० लाख बढीको सेयर खरीदबिक्री भयो । यस्तै, ओरिएन्टल होटल लिमीटेडको ३ करोड ९७ लाख बढीको सेयर किनबेच भएको बजारमा मुक्तिनाथ विकास बैंकले ३ करोड ४४ लाख बढीको कारोबार गर्यो । यस्तै, प्रभू बैंकले ३ करोड २७ लाख, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ७७ लाख, डिप्रोक्स डेभलपमेन्ट बैंकले २ करोड ५८ लाख, रुरल माइक्रो फाइनान्स डेभलपमेन्ट सेन्टरले २ करोड ४१ लाख, छिमेक लघुवित्त विकास बैंकले २ करोड ३३ लाख, प्रभू इन्स्योरेन्सले २ करोड ३० लाख र फ्रस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकले २ करोड १६ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
मंगलबार नेशनल माइक्रो फाइनान्स बित्तीय संस्था र मिर्मिरे माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक लिमीटेडको सेयरमूल्य १० प्रतिशतले वृद्धि भयो । यस्तै, हिमालयन डिस्टीलरी, कुुबेर मर्चेन्ट फाइनान्स, जानकी फाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो ।
सबैभन्दा बढी नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाए । यो कम्पनीको सेयर मूल्य ९ प्रतिशतको हाराहारीमा घट्यो । अरुण फाइनान्सको सेयर मूल्य ६.१५ प्रतिशतले घट्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago