काठमाण्डौ । कोरोनाभाइरस संक्रमण मामिला बढ्न थालेपछि चीनको राजधानी बेइजिङबाट हुने अधिकांश हवाई सेवा रद्द गरिएको छ।
बेइजिङबाट हुने उडान र बाहिरबाट अवतरण हुने हवाई सेवा रद्द गरिएको चिनियाँ अधिकारीहरुले बताएका छन्। चीनमा हुन सक्ने कोरोनाभाइरसको दोस्रो लहरको खतरालाई ध्यानमा राखेर यो कदम उठाइएको उनीहरुको भनाइ छ।
आज बुधबार बिहानसम्म पनि बेइजिङमा कोरोना संक्रमणका ३१ नयाँ मामिला देखिएका छन्। योसँगै यसै साता बेइजिङमा संक्रमणको मामिला १३७ पुगेको छ।
संक्रमणको मामिला बढ्न थालेपछि खुला गरिएका स्कुलहरु बन्द गर्न आदेश दिइएको छ। यसैगरी स्थानीय सरकारले मानिसहरुलाई बेइजिङ छोडेर अन्यत्र नजान आदेश दिएको छ।
बेइजिङमा करिब ५० दिनसम्म नयाँ संक्रमणका मामिला देखिएको थिएन। तर यो साताबाट संक्रमणको मामिला बढ्न थालेपछि चीनमा कोरोनाको दोस्रो लहर सुरु हुन सक्ने आशंका गरिन थालिएको छ। - एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago