काठमाण्डौ । बेगनास तालमा रहेका डुंगा व्यवसायीहरुलाई क्यूआर कोड वितरण गरिएको छ।
नगदरहित कारोबार अभियानलाई निरन्तरता दिँदै सिभिल बैंक र फोनपेको सहकार्यमा शुक्रबार एक कार्यक्रमका बीच बेगनास ताल डुंगा व्यवसायी संघमार्फत बेगनास तालमा डुंगा चलाउने २२० डुंगा व्यवसायीलाई क्यूआर कोड वितरण गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. रामशरण खरेल, बेगनास ताल डुंगा व्यवसाय समितिका अध्यक्ष ढकनाथ कँडेल, फेवा ताल डुंगा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादूर नेपाली, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल, फोनपेका एसिस्टेन्ट सीईओ दिवस सापकोटा लगायतको उपस्थिति थियो।
कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्यूआर कोडलाई सर्वव्यापी रुपमा लैजानुपर्ने बताए।
यस्तै नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. रामशरण खरेलले नोट छपाइ गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन पनि नगदरहित अभियान अपरीहार्य रहेको बताए।
बेगनास तालमा क्यूआर हस्तान्तरणसँगै स्वदेशी तथा विदेशी पर्यटकले मोबाइल बैंकिङमार्फत सहजै डिजिटल भुक्तानी गर्न सक्नेछन्। यसका साथै भुक्तानी सेवा प्रदायकका मोबाइल एप र वालेटमार्फत समेत सहजै रकम भुक्तानी गर्न सक्नेछन्।
यस्तै बाह्य पर्यटकले पनि भिजामार्फत बेगनास तालमा डिजिटल रुपमा रकम भुक्तानी गर्न सक्नेछन्। फोनपेले विदेशी पर्यटकलाई सहज बनाउनका लागि केही दिन अघिमात्र भिजासँग सहकार्य गरेको थियो।
फोनपे पेमेन्ट सर्भिस लिमिटेड लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो। फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन्। यस्तै फोनपेमा हालसम्म ६ लाख २० हजारभन्दा बढी मर्चेन्ट रहेका छन्।
एक करोड ४० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा करिब ८० लाख भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाइल एपमार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ।
सभिल बैंकले ११५ शाखा, ११ एक्सटेन्सन काउन्टर तथा ९७ एटीएममार्फत सेवा प्रदान गरिरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19