काठमाण्डौ । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। 

कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) निवेदन दिँदै आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले धितोपत्र बोर्डसँग २० करोड ८० लाख रुपैयाँबराबरको आईपीओ जारी गर्न अनुमति मागेको छ। 

धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० अंकित दरका कुल २० लाख ८० हजार कित्ता आईपीओ बिक्री खुला गर्नेछ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली तथा दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्नेछ। 

बेनी हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।