काठमाण्डौ । कुमारी बैंक लिमिटेडले उदयपुरको बेलकामा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टलाई रु. ३ लाख सहयोग गरेको छ।
एक औपचारिक कार्यक्रमका बीच बेलका नगर प्रमुख दुर्गाकुमार थापा र उपप्रमुख राजकुमारी चौधरिलाई बेलका शाखाले चेक हस्तान्तरण गरेको हो। विगत ३ वर्षदेखि सेवा सञ्चालन गर्दै आएको बैंकले स्थानीयको दैनिक आर्थिक कारोबार सहजीकरण गर्दै सामाजिक उतरदायित्वअन्तर्गत अक्सिजन प्लान्टलाई आर्थिक सहयोग गरेको कुमारी बैंक बेलका शाखा प्रमुख अमित झाले जानकारी दिए।
बेलका नगर प्रमुख दुर्गाकुमार थापाले कुमारी बैंक बेलका शाखालाई धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोगको अपेक्षा राखेको बताए।
बैंकले देशभर रहेका १९४ शाखा सञ्जाल, १६५ एटीएम, १३ एक्टेनसन काउन्टरलगायत २८ वटा शाखारहित इकाइमार्फत अत्याधुनिक बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago