काठमाण्डौ । कृषि बिकास बैंक लिमीटेडको ५ नम्बर प्रदेश कार्यालय भैरहवाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देही जिल्ला, भैरहवा स्थित नेपाल भारतसिमा नाका बेलहियामा भारत तथा अन्य मुलुकबाट नेपाल प्रबेश गर्ने यात्रीहरुलाई साबुनपानी र हेण्डवासले हात सफा गर्ने व्यवस्था मिलाउन १००० लिटरको पानी ट्यांकी, दुईवटा धारा सहितको बेशिनजडित फलामको स्ट्याण्ड हस्तान्तरण गरेको छ।
कोरोना भाईरस (कोभिड–१९) संक्रमणलाई रोकथामका लागि दशगजा क्षेत्रमा सरसफाई कायम गर्न बैंकले १० बोरा चुना समेत उपलब्ध गराएको छ ।
बैंकको अनुरोधमा यसै बैंकका असल ग्राहक बाबुल निर्माण सेवाका प्रोप्राईटर नफिस अहमदले १ टिपर मिस्कट गिटी तथा बालुवा समेत उपलब्ध गराएका छन् ।
उक्त कार्यक्रममा बैंकका ५ नं. प्रदेश कार्यालयका निर्देशक चन्द्रसिंह थापाले उक्त सामाग्रीहरु रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी महादेव पन्तको रोहवरमा ईलाका प्रहरी कार्यालय बेलहियाका ईन्चार्ज (ईन्स्पेक्टर) ईश्वरी अधिकारीलाई हस्तान्तरण गरेका थिए ।
सो कार्यक्रममा रुपन्देही जिल्लाका प्रहरी उपरिक्षक हेमकुमार थापा, सशत्र प्रहरी उपरिक्षक तेज पोख्रल, साथै उक्त क्षेत्रका सामाजिक अभियान्ता रमेश थापा, बिभिन्न संचारमाध्यमबाट उपस्थित संचारकर्मीहरु लगायत बिभिन्न समाजसेवी, स्वयंसेवकहरुको उपस्थिति थियो ।
कार्यक्रमको सुरुवात प्रमुख जिल्ला अधिकारी पन्त र कृषि बिकास बैंकका५ नं. प्रदेश कार्यालय भैरहवाका निर्देशक चन्द्रसिंह थापाले संयुक्त रुपमा सावुनपानीले गरेका थिए ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19