काठमाण्डौ । बेलायतका अस्पतालहरुमा भर्ना भएका कोरोना संक्रमितमध्ये हरेक ३ जनामध्ये एकजनाको मृत्यु हुने सनसनीपूर्ण खुला भएको छ।
बेलयातका शोधकर्ताहरुले हालै त्यहाँ अस्पतालहरुमा भर्ना भएका १७ हजारभन्दा बढी बिरामीको अध्ययनबाट यस्तो तथ्य बाहिर ल्याएको छ। ती मृतकमध्ये पनि आधाभन्दा बढी भेन्टिलेटरमा राखिएका बिरामीहरुको शोधकर्ताहरुले जनाएका छन्।
शोधअनुसार अस्पतालहरु भर्ना कोरोना संक्रमितमध्ये ३३ प्रतिशत मृत्यु भएको देखिएको छ भने ४९ प्रतिशत बिरामी ठिक भएको र १८ प्रतिशतको अहिले पनि उपचार भइरहेको छ। यो युरोपेली मुलुकहरुमा गरिएको कोरोनाभाइरससम्बन्धी सबैभन्दा ठूलो अध्ययन पनि हो।
यो अध्ययनबाट भेन्टिलेटरमा पुगेका करिब ५३ प्रतिशत बिरामीको मृत्यु भएको देखिएको छ। विज्ञ भन्छन्, ‘यो अध्ययनबाट प्रस्ट हुन्छ कि कोरोनाभाइरस इबोला महामारीजस्तै खतरनाक हुन सक्छ।’ इबोला महामारीका बेला हरेक १० बिरामीमध्ये ४ जनाको मृत्यु भएको थियो।
अहिलेसम्म बेलायतमा कोरोनाबाट २६ हजारभन्दा बढीको ज्यान गइसकेको छ। मृत्युदरको आँकडाअनुसार अहिले बेलायत युरोपेली मुलुकहरुमध्ये दोस्रो स्थानमा र विश्वभर तेस्रो स्थानमा रहेको छ।
कोरोनाभाइरसबाट अत्याधिक ज्यान गएको देशमा अमेरिका पहिलो स्थानमा छ भने इटाली दोस्रो स्थानमा छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19