लन्डन । स्कटल्यान्ड र वेल्समा सावारी चालका लागि १मार्च २०१७ देखि नयाँ कडा नियक लागु भएको छ । नयाँ नियमले गाडी हाँकेको बेला फोनमा कुरा गरिरहेको भेटिए लाइसेन्स नै रद्द हुन सक्नेछ ।
ड्राइभिङ टेस्ट पास गरेको दुई बर्षभन्दा कम समय भएकालाई मोबाइल फोन प्रयोग गरिरहेको अवस्थामा समातिए लाइसेन्स रद्द हुनेछ । अन्य चालकलाई दुई सय पाउन्ड जरिवाना र दोब्बर ६ पोइन्ट आउने बीबीसीले जनाएको छ ।
नयाँ चालकले ६ वा बढी पोइन्ट पाए उसले पुन प्रयोगात्मक र सैद्धान्तिक जाँच दुवै दिनुपर्ने छ । तीन बर्षमा १२ पोइन्ट पाए ड्राइभरलाई मोटर हाँक्न प्रतिबन्ध समेत लगाइने नयाँ नियममा छ ।
ट्राफिक बत्तीमा रोकिएको बेला सामाजिक सञ्जाल वा टेक्स्ट म्यासेज हेर्न पनि नमिल्ने नियममा छ । ब्लुटुथ जोडेर फोनबाट गीतसंगित बजाउन सकिने भएपनि फोन ह्यान्डस फ्रीमा हुनुपर्ने छ ।यो खबर आजको कान्तिपुरमा छापिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago