काठमाण्डौ । बेलायतमा कोरोनाभाइरविरुद्धको दोस्रो भ्याक्सिनले पनि प्रयोगको अनुमति पाएको छ।
अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले कोरोनाविरुद्ध बनाएको अर्को भ्याक्सिनलाई बेलायत सरकारले प्रयोगका लागि अनुमति दिएको हो। यो भ्याक्सिनलाई धेरै कम तापक्रममा भण्डारण गर्नुपर्ने बाध्यता नभएका कारण निकै उपयोगी हुने अपेक्षा गरिएको छ।
बेलायत सरकारले यो भ्याक्सिनको १० करोड डोज झिकाइसकेको छ।
यसअघि डिसेम्बरको सुरुतिर फाइजर–बायोएन्टेकले बनाएको कोरोनाविरुद्धको भ्याक्सिनले बेलायतमा प्रयोगको अनुमति पाएको थियो। बायोएन्टेक र मोडेर्नाले बनाएका भ्याक्सिनहरू कोरोनाविरुद्ध बढी प्रभावकारी देखिएका छन्।
उता चीनमा पनि सिनोफार्मले बनाएको अर्को भ्याक्सिन निकै प्रभावकारी देखिएको छ। यो भ्याक्सिनको तीन चरणको परीक्षणपछि ७९ प्रतिशत प्रभावकारी देखिएको विदेशी सञ्चारमाध्यमकहरुले जनाएका छन्। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago