काठमाण्डौ । बेलायतमा कोरोनाभाइरसको संक्रमण नियन्त्रण र रोकथाम गर्न लागू गरिएको लकडाउन अझै कम्तीमा पनि तीन सातासम्म जारी रहन सक्ने अनुमान गरिएको छ।
बेलायतका कार्यवाहक प्रधानमन्त्री डोमिनिक राब्बले बुधबार मे ७ सम्म देशमा लकडाउन रहन सक्ने बताएका हुन्। “बेलायतले अझै भाइरसको शीर्ष बिन्दुु पार गरेको छैन। कोरोनाविरुद्धको लडाइँका लागि अझै लामो दूरी तय गर्न बाँकी नै छ”, उनले भने।
बेलायत सरकारले मृत्युुदर कम हुुने अपेक्षा गर्नुुपूर्व बेलायतका प्रमुुख वैज्ञानिक सल्लाहकार प्याट्रिक भालेन्सले पनि मृत्युुको कठिन साता अगाडि रहेको बताएका छन्। तर उनले मृत्युुदर घट्नुुपूर्व दुुईदेखि तीन सातासम्म यो उच्च रहन सक्ने बताएका छन्।
बेलायत सरकारभित्रकै केही अधिकारीहरु अधिंकाश मानिसले प्रयोग गरिरहेको फरलग स्किमबाट हैरान भएका छन्। यो स्किमले गर्दा सरकारले अर्बौं डलरको व्ययभार उठाउनुु परिरहेको र बेलायतको अर्थतन्त्रलाई हानी पुुर्याउने अनेक थरीका जोखिमहरु बढेको छ। तर हेल्थ सेक्रेटरी म्याट हानक भने मानिसहरुलाई काममा फर्काउने भन्ने विषयविरुद्ध छन्। यसो गर्दा स्टे याट् होमको सूचना अर्थहीन हुुने उनले बताएका छन्।
हिजो बेलायतमा कोरोनाबाट ७१७ जनाको मृत्युु भएको थियो। यससँगै दुुई दिन लगातार बेलायतमा कोरोनाबाट मृत्युु हुुनेको संख्या घटेको छ। हिजोको प्रेस ब्रिफिङमा कार्यवाहक प्रधानमन्त्री डोमिनिकले यो साता लकडाउन नखुुल्ने निश्चित गरेका थिए।
प्रमाण र अनुुसन्धानहरुले बेलायतमा कोरोनाको संक्रमण अझै उचाइ पुुग्ने र मृत्युुदर पनि उकालो लाग्ने जनाएका छन्। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago