काठमाण्डौ । बेलायतले कोरोनाभाइरविरुद्ध तयार गरिएको भ्याक्सिन बिहीबारदेखि मानिसमा परीक्षण गर्ने भएको छ।
यो भ्याक्सिन अक्सफोर्ड विश्वविद्यालयले तयार गरेको हो। यो भ्याक्सिनका लागि बेलायत सरकारले २० मिलियन पाउन्ड खर्च गर्ने घोषणा पनि गरेको छ।
बेलायतका स्वास्थ्य सचिव म्याट ह्यानकोकले स्वास्थ्य मन्त्रालयले यो भ्याक्सिन तयार गर्नका लागि हरसम्भव प्रयास गरिरहेको बताएका छन्। ह्यानकोकले मानवमा परीक्षणपछि दोस्रो चरणको तयारीका लागि बेलायत सरकारले इन्पिरियल कलेज लन्डनलाई भ्याक्सिनमा रिचर्स गर्नका लागि २२.५ मिलियन पाउन्ड दिइने जानकारी दिएका छन्। ‘त्यसो त कुनै पनि भाइरसविरुद्धको भ्याक्सिन बनाउन वर्षौं लाग्छ तर बेलायत यो महामारीविरुद्धको लडाइँमा सबैभन्दा अगाडि देखिएको छ।’
आफूले कुनै पनि देशको तुलनामा यो भ्याक्सिन पत्ता लगाउन सबैभन्दा धेरै रकम खर्च गरेको ह्यानकोकले बताए। ‘भ्याक्सिनको उत्पादन ट्रायल र गलतीहरु हुन्छ नै’, ह्यानकोकले भने, ‘बेलायत सरकारले प्रभावकारी उपचारका लागि सबैखालका ताकग लगाउन पछि पर्ने छैन।’
बेलायतमा हालसम्म कोरोना संक्रमणबाट १७ हजार ३३७ जनाको ज्यान गइसकेको छ भने १ लाख २५ हजार ८५६ जना संक्रमित भइसकेका छन्।
कोरोना महामारीबाट अहिलेसम्म विश्वर १ लाख ७० हजार २२६ जनाको ज्यान गइसकेको छ। तीमध्ये युरोपेली मुलुकहरुमा मात्र १ लाख ६ हजार ७३७ जना रहेका छन्। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19