काठमाण्डौ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको जीवन बचाएको भन्दै श्रेय पाएका दुुई नर्स फेरि अन्य कोरोना संक्रमितलाई सहयोग गर्न अग्रपंक्तिमा खटिएका छन्।
वार्ड सिस्टर ३५ वर्षिय जेन्नी म्याक्गी र २९ वर्षिय स्टाफ नर्स लुुइस पितार्मा कोरोना संक्रमित प्रधानमन्त्री जोन्सनको सेन्ट थोमस हस्पिटलको सघन उपचार कक्षमा उपचार हुँदा दिनरात नभनी खटिएका थिए। प्रधानमन्त्री जोन्सन कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएसँगै यी दुवै नर्सहरु ग्लोबल सेलिब्रेटी बनेका छन्। जेन्नीका दाजु रोबले भने, “उनी धेरै नै विनम्र छिन् र यतिबेला उनी अर्काे नाइट सिफ्टका लागि काममा फेर्केकी छन्।’
अस्पतालका कर्मचारीहरु पनि जेन्नीका मेहनत र लगानशीलताबाट खुसी रोबले बताए। ‘हामी पनि जेन्नीले प्रधानमन्त्री जोन्सनलाई बचाउन गरेको सहयोगबाट गौरवान्वित भएका छौँ”, उनले भने, “प्रधानमन्त्री जोन्सनले पनि प्रशंसा गरेपछि उनी थप प्रफुल्ल्ति छिन्।’
यसका साथै एनएचएसले गरिरहेको अभूतपूर्प कार्यबाट सार्वजनिक पहिचान पाउँदा जेन्नी वास्तवमै गौरवान्वित छिन्।
न्युुजिल्यान्डी जन्ेनी विगत आठ वर्षदेखि बेलायतमा बस्दै आइरहेकी छन्। उनी बेलायत पढ्ने उद्देश्यले आएकी थिइन् र पछि सेन्ट थोमस हस्पिटलमा काम गर्न थालिन्।
आमा क्यारोलिनले जेन्नीलाई एक असाधारण मिलनसार र सर्मपित नर्स भएको बताइन्।
बेलायतका नर्स र स्वास्थ्यकर्मीहरु संक्रमितको जीवन बचाउन अहोरात्र खटिरहँदा उनीहरुको सहयोग कस्ले गर्ने भनेर बेलायती पत्रिका सनले लेखेको छ। द सनले एनएचएसका कर्मचारीहरुका लागि १ मिलिएन युरो जुुटाउन अपिल गरेको छ। द सनले यसका लागि ५० हजार युुरो प्रदान गर्ने र अपुुग रकमका लागि सबैलाई सहयोग गर्न अपिल गरेको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago