काठमाण्डौ। बेष्ट फाइनान्स कम्पनी लिमिटेडले चाबहिलमा रहेको आप्mनो शाखा कार्यालय स्थानान्तरण गरेको छ। 

फाइनान्सले पुस १८ गते आइतबार काठमाण्डौ महानगरपालिका वडा नं. ७ हस्पिटल मार्गमा रहेको चाबहिल शाखा कार्यालय चाबहिल चोकस्थित देव भवनमा स्थानान्तरण गरी सञ्चालनमा ल्याएको हो। 

बेष्ट फाइनान्सका सञ्चालक समिति अध्यक्ष खिमलाल पौडेलले उक्त नयाँ शाखा कार्यालयको उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रममा त्यस क्षेत्रका प्रतिष्ठित व्यवसायी एवं ग्राहकको उपस्थिति थियो। 

काठमाण्डौको कमलादीमा प्रधान कार्यालय रहेको बेष्ट फाइनान्सले हाल १४ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा दिँदै आएको छ। फाइनान्सले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ सेवालगायत अन्य आधुनिक बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएकोे छ।