काठमाण्डौ। बेष्ट फाइनान्स कम्पनी लिमिटेडले आफ्नो १५ औँ शाखाको आर्थिक तथा पर्यटकीय नगरी चितवन जिल्लाको नारायणगढस्थित सहिदचोकमा  विस्तार गरेको छ। 

उक्त शाखाको बुधबार चितवन जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष चुन नारायण श्रेष्ठले विधिवत रुपमा उदघाटन गरी शुभारम्भ गरेका छन्। शाखा शुभारम्भ कार्यक्रममा संस्थाका प्रमुख लगानीकर्ता तथा त्यस क्षेत्रका प्रतिष्ठित व्यवसायीहरु एवम ग्राहकको उपस्थिति थियो। 

निकट भविष्यमा बागलुङको गलकोट, वीरगन्ज, इटहरीलगायत अन्य स्थानमा पनि शाखा कार्यालय खोल्ने योजना कम्पनी रहेको छ। 

पछिल्लो वपर्षमा उल्लेख्य वित्तीय विवरण सुधार गर्दै कम्पनीले आफ्ना ग्राहकलाई उच्चतम प्रविधिका साथ ग्राहक वर्गमा सेवा उपलब्ध गराउँदै आएको छ। घरमै बसी अनलाइनमार्फत सहज तथा सरल तवरले खाता सञ्चालनको नयाँ सुविधासमेत संस्थाले हालसालै सञ्चालनमा ल्याएको छ।