काठमाण्डौ । काठमाण्डौको कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनीले नयाँ मुद्दति बचत योजना सार्वजनिक गरेको छ। बचत डबल गर्ने कि तेब्बर भन्ने शीर्षकमा यो नयाँ योजना ल्याएको फाइनान्सले जनाएको छ। 

ग्राहकको रकमलाई सुरक्षित बचत गरी उच्च प्रतिफल दिने लक्ष्यका साथ ल्याइएको यो योजनामा साधारण मुद्दति बचततर्फ ५ वर्ष ११ महिनामा राखेको रकमको डबल हुनेछ। 

त्यस्तै ९ वर्ष ५ महिनामा जम्मा गरेको रकमको तेब्बर हुने फाइनान्सले जनाएको छ। 

फाइनान्सले रेमिट्यान्स मुद्दती बचतमा भने ५ वर्ष ७ महिनामा डबल र ८ वर्ष १० महिनामा तेब्बर हुनेछ। यो विशेष बचत योजनामा सहभागी हुने निक्षेपकर्ताले मोबाइल बैंकिङ र एटीएम सेवा निःशुल्क पाउने फाइनान्सले जनाएको छ।