काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले काठमाण्डौको बालाजुस्थित बाल कल्याण आधारभूत विद्यालयलाई ३२ इन्चको स्मार्ट टीभी सहयोग गरेको छ।
फाइनान्सको गोंगबु शाखाले सीएसआर कार्यक्रमअन्तर्गत विद्यालयलाई स्मार्ट टीभी सहयोग गरेको जनाएको हो।
फाइनान्सको गोंगबु शाखाकी प्रबन्धक प्रीति बस्नेतका अनुसार उक्त विद्यालयलाई संस्थाका तर्फबाट स्मार्ट टीभीका साथमा स्टेसनरी सामग्री समेत हस्तान्तरण गरिएको थियो।
फाइनान्सले भविष्यमा पनि यस किसिमका सामाजिक उतरदायित्वका कार्यहरुमा निरन्तर सहयोग गर्दै जाने जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19