काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनीले सिन्धुपाल्चोकको हेलम्वुबासीलाई ४८ थान सोलार प्यानल सहयोग गरेको छ।
यही असार १ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले पुर्याएको क्षतिका कारण त्यस क्षेत्रमा बिजुली बन्द भएको छ। सोही कारण उज्यालोबाट वञ्चित विपदमा परेका हेलम्बु क्षेत्रका जनतालाई तत्काल राहत दिने उद्देश्यले ४८ थान सोलार प्यानल हेलम्वु गाउँपालिकाको कार्यालयलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ। कम्पनीको टोली नै सिन्धुपाल्चोकको हेलम्बु नै पुगेर उक्त सहयोग प्रदान गरेको हो।
काठमाण्डौको कमलादीमा प्रधान कार्यालय रहेको बेष्ट फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हेलम्बुबासीलाई यो सहयोग गरेको र भविष्यमा पनि यस किसिमका सहयोगलाई निरन्तरता दिइने जनाएको छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago