काठमाण्डौ । बेस्ट फाइनान्स कम्पनी लिमिटेडले अवितरित ८ लाख बढी कित्ता अवितरित हकप्रद सेयर भदौ ११ गतेबाट लिलामीमा राख्ने भएको छ ।

संस्थाले संस्थापक तथा सर्वसाधारण समूहको अवितरित ८ लाख २ हजार २२४.४७ कित्ता सेयर लिलामीमा राख्दैछ । जसमा संस्थापकतर्फ ५ लाख ५७८ हजार ६७४.५७ कित्ता र सर्वसाधारणतर्फ २ लाख ४४ हजार ५४९.९० कित्ता सेयर लिलामीमा राखिनेछ ।

संस्था हकप्रद सेयर बिक्री खुला गर्दा बिक्री हुन बाँकी रहेको सेयर लिलाम बढाबढमार्फत बेच्न खोजेको हो । सेयरको न्यूनतम मूल्य प्रतिसेयर रु. १०० तोकिएको छ । लगानीकर्ताले न्यूनतम रु. १०० वा सोभन्दा माथि बोलकबल गरी गोप्य बोलपत्र पेस गर्नुपर्नेछ ।

बोलपत्र पेस गर्दा संस्थापक सेयरका लागि न्यूनतम १ हजार कित्ता र सर्वसाधारण सेयरका लागि न्यूनतम १०० कित्ता वा सोभन्दा बढी अधिकृतम सम्पूर्ण कित्ताका आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले शिलबन्दी बोलपत्र भदौ २५ गतेसम्म पेस गरिसक्नुपर्नेछ। सेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।