काठमाण्डौ । बेस्ट फाइनान्स कम्पनी लिमिटेडले लिलामा राखेको अवितरित हकप्रद सेयर खरिद गर्ने आज बुधबार अन्तिम मौका रहेको छ ।

कम्पनीले गत भदौ ११ गतेदेखि संस्थापक तथा सर्वसाधारण समूहको अवितरित ८ लाख २ हजार २२४.४७ हकप्रद सेयर सेयर लिलामीमा राखेको छ । जसमा संस्थापकतर्फ ५ लाख ५७८ हजार ६७४.५७ कित्ता र सर्वसाधारणतर्फ २ लाख ४४ हजार ५४९.९० कित्ता सेयर रहेको छ ।

संस्था हकप्रद सेयर बिक्री खुला गर्दा बिक्री हुन बाँकी रहेको सेयर लिलाम बढाबढमार्फत बेच्न खोजेको हो । सेयरको न्यूनतम मूल्य प्रतिसेयर रु. १०० तोकिएको छ । लगानीकर्ताले न्यूनतम रु. १०० वा सोभन्दा माथि बोलकबल गरी गोप्य बोलपत्र पेस गर्नुपर्नेछ ।

बोलपत्र पेस गर्दा संस्थापक सेयरका लागि न्यूनतम १ हजार कित्ता र सर्वसाधारण सेयरका लागि न्यूनतम १०० कित्ता वा सोभन्दा बढी अधिकृतम सम्पूर्ण कित्ताका आवेदन दिन सकिनेछ।

सेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।