काठमाण्डौ । कुमारी बैंकले नव वर्ष २०७९ को अवसर पारी ‘कुमारी डबल धमाका’ नामक मुद्दति निक्षेप ल्याएको छ।
आफ्ना ग्राहकलाई सुविधा दिने क्रममा बैंकले यो धमाका ल्याएको हो। निक्षेपमा राखिएको रकम ७ वर्षमा दुई गुणा हुने तथा प्राप्त ब्याज जम्मा रकममा नै बढोतरी हुँदै जाने यस मुद्दति निक्षेपमा न्यूनतम मौज्दात रु. १० हजार रहेको छ।
यो मुद्दति निक्षेपमा सजिलै ९०% सम्म कर्जा सुविधासमेत रहेको बैंकले जानकारी गराएको छ।
आफ्ना सेवालाई डिजिटलमैत्री बनाउँदै ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले बैंकले विभिन्न नयाँ सेवाहरु सञ्चालनमा ल्याएको छ।
आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १७७ एटीएम, ४३ शाखारहित बैंकिङ इकाइ तथा १६ एक्टेन्सन काउन्टरमार्फत अत्याधुनिक वित्तीय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago