काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले झापाको दमकमा शाखा विस्तार गरेको छ।

दमक नगरपालिका–५ विस्तार गरिएको दमक शाखाको आज एक समारोहबीच दमक नगरपालिकाका मेयर रोमनाथ ओली र बैंकका सञ्चालक गोविन्दप्रसाद शर्माबाट संयुक्त रुपमा औपचारिक उद्घाटन गरिएको छ। 

कार्यक्रममा दमक नगरपालिकाकी उपमेयर गीता अधिकारी, उद्योग वाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठ, चेम्बर अफ कर्मस दमकका अध्यक्ष राजेन्द्र ढकालले बैंकको दमक शाखा कार्यालयको प्रगतिको शुभकामना प्रदान गरे। 

कार्यक्रममा बैंकका सञ्चालक गोविन्द प्रसाद शर्मा रेग्मीले ग्राहकको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराउँदै जानेमा बैंक प्रतिबद्ध रहेको बताए। 

मेयर ओलीले बैंक अफ काठमाण्डूलाई दमकमा स्वागत गर्नुका साथै स्थानीयको आवश्यकतालाई ध्यानमा राखी बैंकले सेवा प्रदान गर्ने विश्वास नगरपालिकाले लिएको बताए। 

बैंक अफ काठमाण्डूले ९७ शाखा कार्यालय, ८७ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ। बैंकको अगामी दिनमा सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा उपलब्ध गराउने अभिप्रायले थप शाखा सञ्चालन गर्ने योजना अगाडि रहेको छ।