– रेखा चन्द
काठमाण्डौ । झन्डै १६ वर्षअघि बैंकिङ क्षेत्रमा प्रवेश गरेकी प्रनिसा क्षेष्ठ हाल एनएमबि बैंकमा कार्यरत छिन्। उनको बैंकिङ करिअर भने स्टान्डर्ड चार्टर्ड बैंकबाट सुरु भएको थियो।
झन्डै १० वर्षअघि एनएमबिमा प्रवेश गरेकी प्रनिसा संघर्ष र मेहनतका कारण अहिले ब्रान्ड एन्ड मार्केटिङ हेडको जिम्मेवारीमा छिन्। समग्रमा हेर्ने हो भने पनि यो पदमा पुग्ने महिलाको संख्या न्यून छ।
अथाह संघर्ष र परिश्रमका कारण आफू यहाँसम्म आइपुुगेको प्रनिसाको भनाइ छ। ‘महिलालाई त अझै धेरै चुुनौती छ तर म जे काम आए पनि गर्न सक्छु गरेर देखाउँछुु भन्ने हिम्मतका साथ हिँड्छु’, उनी भन्छिन्।
प्रनिसालाई आफ्नी माइजुको प्ररेणाबाट यो क्षेत्रमा आउन प्रेरित गर्यो। ‘मेरो परिवारमा कोही पनि बैंकर छैनन्’, उनले भने, ‘तर, मेरो माइजुु भने टप लेबलको बैंकर हुनुुहुुन्थ्यो। उहाँँबाट मलाई पनि यो क्षेत्रमा आउन प्रोत्साहन मिल्यो।’
प्रनिसाले बैंकिङ इन्डस्ट्रिजमा एकदमै योङ उमेरमा हेड अफ ब्रान्ड एन्ड मार्केटिङ सम्हालेकी छन्। ‘नलेज छ कि छैन भनेर जजमेन्ट हुन्थ्यो। त्यसलाई हामीले आफ्नो काम र सीपबाट चिर्नुपर्छ’, उनले भनिन्।
धेरै महिलाले विवाह गरेपछि आफ्नो बैंकिङ करिअर छाड्ने गरेको प्रनिसा सुनाउँछिन्। ‘यो साँचो कुुरा हो। जियोग्राफीमा हेर्ने हो भने तल्लो लेबल महिला धेरै छन्। किनकि उनीहरुले विवाह नगरेसम्म सबैले एक्टिभ भएर काम गर्छन्’, उनले भनिन्, ‘विवाह गरेपछि म काम गर्न सक्दिनँ कि भनेर काम छोड्छन्। तर, किन सकिँदैन म सोध्न चाहन्छु।’
कसैको पारिवारिक प्रेसर र कसैको स्वास्थ्य समस्या पनि बैंकिङ करिअर त्याग्ने गरेको प्रनिसा बताउँछिन्। ‘यीबाहेक अन्य चुुनौती म देख्दिनँ’, उनले भनिन्, ‘मैले नै विवाहपछि गर्भवती अवस्थामा काम गरेको छुु। डेलिभरी हुनुुभन्दा एक दिन अगाडिसम्म मैले काम गरेकी थिएँ। यस्तो बेला बैंकले केही सपोर्ट चाहिँ गर्नुपर्छ।’
बैंकको जागिरमा आउन चाहने महिलालाई मेहनत, सीप र लगनशीलतालाई दह्रो गरेर आउन प्रनिसा सल्लाह दिन्छिन्। ‘जुनसुकै फेजमा लर्न गर्छुु भन्ने सोच बनाएर आउनुुहोस्’, उनले भनिन्, ‘किनकि सीप नभएको मानिस कुनै पनि क्षेत्रमा टिक्दैन। फ्रेसमा हरेक चिज सिक्छु भन्ने इच्छाशक्ति हुुनुुपर्छ। त्यो वातावरण एनएमबि बैंकले दिएको छ।’
ललितपुरको पाटनमा जन्मिएकी प्रसिना बुवा–आमाको माइली छोरी हुन्। उनको एउटा दाइ र एउटा बहिनी छन्। सेन्ट मेरिज स्कुलमा पढेकी उनले ब्याचलर भने सेन्ट जेभियरबाट कम्प्लिट गरिन्। ‘मेरो मास्टर्स काठमाण्डौ युनिभर्सिटीबाट भएको हो’, उनले भनिन्।
झन्डै ५ वर्षअघि प्रसिनाले एरेन्ज म्यारिज गरेकी हुन्। ‘मेरा लागि मेरो श्रीमान सबैभन्दा बढी सपोर्टिङ पिल्लर हो’, उनले भनिन्, ‘पुुरुष सफल हुनुुको पछाडि महिलाको हात हुन्छ भनिन्छ तर मेरो सफलतामा चाहिँ मेरो श्रीमानको हात छ।’
आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज। देशभरका महिला व्रत बसेर र नाचगान गरेर तीज मनाइरहेका छन्।
प्रनिसालाई पनि तीज पर्व निकै मन पर्छ। ‘म नेवार समुदाय प्रतिनिधित्व गर्छु। हामी तीजमा खासै व्रत बस्दैनौँ’, उनी भन्छिन्, ‘तर, दर चाहिँ धेरैपटक खाएको छुु। कलेज जीवनमा मेरा तीज मनाउने साथीहरुसँग तीजको दर धेरैपटक खाएको छु। मिक्स कल्चरकै कारण त्यो बेला दर खाँदा गिफ्ट पाउँदा एकदमै रमाइलो लाग्थ्यो र अहिले पनि बैंकमा त्यो कल्चरलाई समेटेर राखेको भएर एकदमै रमाइलोसँग मनाउँछौँ।’
तीजमा विवाहित महिलाले लगाउने रातो, पहेँलो र हरियो टीका, पोते, चुरालगायतको चिनो सबैलाई दिने चलन छ। ‘त्यसैले मैले पनि त्यो पर्व र संस्कृतिलाई अंगिकार गर्दै आएकी छु’, उनी भनिछन्।
महिलाहरुले आ–आफ्नो क्षमताअनुुसार नै तीज मनाइरहेको जस्तो प्रनिसालाई लाग्छ। ‘क्षमताअनुसार सबै आआफ्नो ढंगले तीज मनाइरहेका हुन्छन्’, उनले भनिन्, ‘हामीले आफ्नो जीवनशैली कसरी धानेका छौंँ, त्यो हेनुुपर्यो। हामी लाइफमा करिअर ग्रोथका लागि काम गरिरहेका हौँ। जस्तो कसैले कमाइ नभएको बेलामा अरुको भरमा बस्नुुपर्ने हुन्छ। त्योबेला तीजमा सामान्यमात्रै गरिन्छ।’
‘समाजमा हेर्दा भड्किलो तरिकाले तीज मनाएको देखिएला तर उनीहरुको क्षमता नै त्यही किसिमको होला’, प्रनिसा थप्छिन्, ‘मेरो विचारमा यसमा चाहिँ चाहिनेभन्दा पनि नचाहिने बहस धेरै भयो जस्तो लाग्छ।’
प्रनिसा तीजमा कठोर बस्नुु एउटा सांस्कृतिक विश्वास भएको बताउँछिन्। ‘त्यसैले कठो बस्नु ठीक अथवा बेठिक भन्न मिल्दैन’, उनले भने, ‘तर कठोरभन्दा आफ्नो स्वास्थ्यलाई असर गर्न सक्छ भने त्यसतर्फ हामी सचेत हुनैपर्छ। किनकि मलाई लाग्छ मनदेखि आएको श्रद्धा भगवानले स्वीकार्छन्।’
तीज पर्व रमाइलो लागे पनि आफूले खासै नमनाउने भएकोले बिदामा अफिसै आउने गरेको प्रनिसा बताउँछिन्। ‘सम्पूर्ण दिदीबहिनीहरुलाई तीजको विशेष शुुभकामना दिन चाहन्छुु, राम्रोसँग मनाउनुुहोस्’, उनले भने, ‘यसका साथै आफ्नो स्वास्थ्यलाई ख्याल गरेरमात्र व्रत बस्नुुहोस्।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago