काठमाण्डौ । बैंकहरुका सहायक कम्पनीलाई सेयर ब्रोकर लाइसेन्स दिनसक्ने व्यवस्था समेटिएको नियमावली अर्थ मन्त्रालयको स्वीकृतिमा धितोपत्र बोर्डले संसोधनसहित लागू हुने प्रष्ट पारेको छ ।
यो नियमावली आगामी फागुन १ गतेदेखि लागू हुने बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
योसँगै वाणिज्य बैंक तथा विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाको ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सेयर ब्रोकर लाइसेन्स पाउने सुनिश्चित भएको छ ।
नियमावलीमै यस्तो व्यवस्था भएपछि धितोपत्र बोर्डमा भविष्यमा प्रक्रिया पूरा गरी आवेदन दिने बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिनुपर्ने बाध्यात्मक अवस्था आउनसक्नेछ ।
धितोपत्र बोर्डले मर्चेन्ट बैंकर नियमावली २०६४, धितोपत्र व्यवसायी नियमावली २०६४, सामूहिक लगानीकोष नियमावली २०६७ र धितोपत्र दर्ता तथा निश्कासन नियमावली २०७३ लाई नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति लिई फागुन १ गतेदेखि लागू हुने गरी संसोधन गरेको हो ।
संसोधित नियमावलीअनुसार अब सेयर ब्रोकरहरुबीच पनि आपसमा मर्जर वा एक्वीजिसनको सम्झौता हुनसक्नेछ ।
धितोपत्र दलाल तथा धितोपत्र व्यापारीले संस्थागत जोखिम व्यवस्थापन गर्न तथा संस्थाको वित्तीय सवलताका लागि जगेडा कोष राख्नुपर्ने व्यवस्था पनि गरिएको छ ।
धितोपत्र व्यापारीको न्यूनतम चुक्तापूँजी २० करोड हुनुपर्ने समेत संसोधित नियमावलीमा व्यवस्था गरिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago