काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स र ब्रोकर कमिसन घटाउने विषय समावेश नगरेका कारण लगानीकर्ताहरुले तीव्र असन्तुष्टि जनाएका छन् ।
नेपाल धितोपत्र बोर्डले आज जारी गरेको नीति तथा कार्यक्रममा बहुप्रतिक्षित बैंकलाई ब्रोकर लाइसेन्स र ब्रोकर कमिसनलाई बोर्डको नीति तथा कार्यक्रममा समावेश नगर्दा लगानीकर्ताहरुले असन्तुष्टि पोखेका हुन् ।
बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिन भन्दै तयार भएको प्रतिवेदन हालसम्म आफूले नपाएकाले नीति तथा कार्यक्रममा समावेश नभएको बोर्ड अध्यक्ष डा भीष्मराज ढुंगानाले जिकिर गरे । रिपोर्ट आइसकेपछि अध्ययन गरेपछि मात्र भन्न सकिने उनको भनाइ छ ।
यसैगरी ब्रोकर कमिसन घटाउने विषयमा बोर्डले कमिटी गठन गरी हाल अध्ययन गरिरहेको उनको भनाइ छ ।
धेरै लगानीकर्ताहरुले खोजेको र चाहेको विषय र अर्थसमितिले समेत दिएको निर्देशन त्यसमा पनि निकै गम्भीर विषय नै बोर्डको नीति तथा कार्यक्रममा समाबेश नहुुँदा लगानीकर्ताहरुले असन्तुष्टि पोखिरहेका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19