काठमाण्डौ । बैंकहरुलाई ब्रोकर लाइसेन्स दिन थाल्ने नेपाली सेयर बजारको एक मात्र फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले घोषणा गरेसँगै त्यसको प्रभाव लगानीकर्ताको मनोबलमा परेको देखिएको छ ।
बैंकहरुले समेत सहायक कम्पनीमार्फत सेयर ब्रोकरेज सेवाको लाइसेन्स पाउने र सो प्रक्रिया अब फटाफट अगाडि बढाइने नेप्से प्रमुख साउदको भनाईले लगानीकर्ताको गिर्दो मनोबलमा सकारात्मक प्रभाव परी नेप्से परिसूचक बढ्न पुगेको छ ।
लामो समयदेखि लगानीकर्ताले बैंकहरुलाई समेत ब्रोकर लाइसेन्स दिई बजारमा सीमित समूहको सिण्डिकेट तोड्नुपर्ने माग गर्दै आएका छन् । आफ्ना माग पूरा भइृ बजारको विकास र बिस्तार हुने निश्कर्षसहित लगानीकर्ताले बिक्री भन्दा खरीदतर्फ ध्यान बढाउन थाल्दा सोमबार नेप्से परिसूचक ५.७५ अंकले बढेर १२६०.१० को विन्दूमा फर्किएको हो ।
यो दिन राम्रा र बलिया कम्पनीको सेयरमा समेत खरीद चाप देखिएको छ । जसको कारण सेन्सेटिभ इण्डेक्स १.४४ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.४ अंकको बढोत्तरी भएको छ ।
यो दिन बजारका चार समूहको सूचकमा झिनो गिरावट देखिए पनि बाँकी सबै समूहको सूचक बढेको छ ।
बैंकिङ समूह ४.३४ अंकले बढेको यो दिन होटल समूहमा २६.५४, जलविद्युत समूहमा ८.५६, बित्त समूहमा १.१ अंक, उत्पादन तथा प्रशोधन समूहमा ७.७४ अंक, माइक्रोफाइनान्स समूह १७.३८ अंक र अन्य समूहमा ८.६९ अंकको बढोत्तरी भएको छ ।
विकास बैंक समूहको सूचक २.५५ अंकले घटेको छ भने निर्जीवन बिमा समूहमा २.२२ अंक, जीवन बिमा समूहमा ०.४ अंक र म्युचुअल फण्ड समूहमा ०.०३ अंकको गिरावट देखिएको छ ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७३ कम्पनीका १५ लाख ४ हजार ६७२ कित्ता सेयर ४८ करोड १४ लाख ९२ हजार ८२१ रुपैयाँमा किनबेच भएको छ ।
सबैभन्दा बढी शिवम् सिमेन्टले ५ करोड १८ लाख बढीको कारोबार गरेको छ ।
यसैगरी, चिलिमे हाइड्रोले २ करोड ६० लाख बढीको कारोबार गरेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको २ करोड ५६ लाख बढीको संस्थापक सेयर समेत किनबेच भएको छ ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमीटेडले २ करोड ११ लाख बढीको कारोबार गरेको यो दिन नेपाल बैंकले २ करोड, प्रभू बैंकले १ करोड ६९ लाख, कृषि विकास बैंकले १ करोड ५३ लाख, बैंक अफ काठमाण्डौले १ करोड ४६ लाख, जनता बैंकले १ करोड ३९ लाख र एनआइसी एशियाले १ करोड ३९ लाख बढीको कारोबार गरेका छन् ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन २ वटा कम्पनीमा पोजिटिभ र एउटामा नेगेटिभ सर्किट लागेको. छ।
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था र गणपति माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढेपछि सर्किट लागेको थियो ।
विगत केही दिनसम्म पोजिटिभ सर्किट हानेको मल्टिपर्पस फिनान्सको सेयरमा भने यो दिन नेगेटिभ सर्किट लागेको छ ।
यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा घट्यो ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago