काठमाण्डौ । बैंकहरुलाई धितोपत्रको ब्रोकर लाइसेन्स प्रदान गर्ने सम्बन्धमा नेपाल बैंकर्स संघले अर्थ समितिअन्तर्गतको पूँजी बजार तथा मुद्रा बजारसम्बन्धी अध्ययन उपसमितिलाई सातबुँदे कारणसहितको ज्ञापनपत्र बुझाएको छ ।

संघको बैठकमा छलफल गरिएअनुसार बैंकहरुलाई धितोपत्रको ब्रोकर लाइसेन्स प्रदान गर्नु उचित हुने सम्बन्धमा सातबुँदे कारणसहित संघले उपसमितिलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा बैंकलाई ब्रोकर लाइसेन्स प्रदान गर्नुपर्ने मुख्य कारणहरुमा वित्तीय पहुँच, संस्थागत सुशासन, सही सूचना÷मार्गदर्शन प्रदान हुने, अन्तर्राष्ट्रिय अभ्यास, बैंकको क्षमता र क्यामेल्स रेटिङजस्ता बुँदा विश्लेषणसहित समेटिएका छन् ।

पहिलो बुँदामा वित्तीय पहुँचलाई इंगित गरिएको छ । जसमा नेपाल राष्ट्र बैंकले लिएको नीतिअनुरुप वाणिज्य बैंकहरुले प्रत्ये स्थानीय तहमा कम्तीमा एउटा शाखा खोल्नुपर्ने प्रावधान रहेको छ । यस्तो अवस्थामा बैंकलाई ब्रोकर लाइसेन्स प्रदान गरेमा दूरदराजमा रहेका प्रत्येक नागरिकले समेत सहज र सुलभ ढंगले धितोपत्र कारोबार गर्न सक्ने संघले ठहर गरेको छ । पछिल्लो समयमा ७४३ स्थानीय तहमा वाणिज्य बैंकहरुका करिब ४ हजार शाखाहरु खुलिसकेका छन् ।

ज्ञापनत्रपत्रको दोस्रो बुँदामा समेटिएको संस्थागत सुशासनमा बैंकमा हुने अन्य कारोबार तथा विवरणहरुसहर धितोपत्र कारोबारसम्बन्धी कुनै पनि सूचना तथा विवरणहरु गोप्य रहनेमा विश्वस्त हुन सकिने बताइएको छ । बैंकिङ क्षेत्र पारदर्शी हुनुका साथै नियामक निकायले संस्थागत सुशासनका लागि छुट्टै निर्देशिका तयार गरेको र बैंकहरुले पनि सो निर्देशन पालन गरेको अवगत ज्ञापनपत्रमा लगाइएको छ ।

इन्साइडर ट्रेडिङलगायत सुशासनसम्बन्धी कुनै पनि विषयमा समेत बैंकहरुमार्फ धितोपत्र कारोबार भएमा सुशासन अझ सबल हुन सक्ने दाबी ज्ञापनपत्रमा गरिएको छ ।

तेस्रो बुँदामा बैंकलाई ब्रोकर लाइसेन्स दिँदा सही सूचना तथा मार्गदर्शन प्रदान विश्वास गरिएको छ । धितोपत्र सम्बन्धमा बैंकमा रहेका दक्ष कर्मचारीहरुले कुनै पनि ग्राहकहरुलाई आवश्यक सूचना तथा जोखिमका बारेमा जानकारी दिन सक्ने उल्लेख छ ।

बैंकलाई ब्रोकर लाइसेन्स दिँदा अन्तर्राष्ट्रिय अभ्यासको सुरुआत हुने मुख्य कारण पनि ज्ञापनपत्रको चौथो बुँदाका रुपमा प्रस्तुत गरिएको छ । अन्तर्राष्ट्रिय अभ्यासका रुपमा हेर्ने हो भने पनि बैंकहरुले धितोपत्रका लागि ब्रोकरका रुपमा काम गर्दै आएको यो बुँदामा अवगत गराइएको छ । 

ज्ञापनपत्र हेर्नुहोस् –