काठमाण्डौ । अब बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको कुल रकमको न्यूनतम ५० प्रतिशत रकम सीमान्तकृत तथा दलित समुदायमा वित्तीय पहुँच वृद्धिका लागि खर्च गर्नुपर्ने भएको छ। 

आगामी आर्थिक वर्षको बजेटमा यस्तो व्यवस्था गरिएको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले सीमान्तकृत तथा दलित समुदायमा वित्तीय पहुँच पुर्याउन ‘सीमान्तकृत तथा दलित उत्थान कोष’ स्थापना गर्ने घोषणा गरेको छ।

सोही कोषमा अब बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो सीएसआरअन्तर्गतको कुल रकमको न्यूनतम ५० प्रतिशत रकम राख्नुपर्ने व्यवस्था बजेटमार्फत गरिएको अर्थमन्त्री जनार्दन शर्माले बताए। उनका अनुसार यो कोषमा जम्मा हुने रकम उत्पादनमूलक क्षेत्रमा मात्रै लगानी गर्न प्रयोग हुनेछ। 

हाल बैंक तथा वित्तीय संस्थाहरुले खुद नाफाको १ प्रतिशत रकम सीएसआरका लागि छुट्याउने गरेका छन्।