काठमाण्डौ । लघुवित्त कम्पनीका सेयरहरु चम्किन थालेका छन् । 

यो साताको पहिलो कारोबार दिनदेखि नै सुरु भएको लघुवित्त कम्पनीको सेयरमूल्यको बढोत्तरीको क्रम बुधबार निकै फराकिलो अन्तरले अगाडि बढेको छ । 

यो दिन धेरै मूल्य बढेका प्रमुख १० कम्पनीको सूचिमा सबै स्थान लघुवित्त कम्पनीहरुले कब्जा गरेका  छन् । 

स्रोतहरुले चौथो त्रैमासिक रिपोर्टकै कारण लघुवित्तको सेयरमूल्यमा उछाल आउनुपर्ने बलियो अवस्था नरहेको दाबी गर्दै विभिन्न समूहले न्यून आपूर्ति रहेको लघुवित्त समूहमा सुनियोजित रुपमा खेल्ने काम गरेको दाबी समेत गरेका छन् । ‘बजारमा लामो समयदेखि खेल्दै आएको गिरोहले यसअघि वाणिज्य बैंकहरुको सेयरमा खेल्न खोजेको थियो, तर अधिक आपूर्तिका कारण सकेन ।‘बजारमा लामो समयदेखि खेल्दै आएको गिरोहले यसअघि वाणिज्य बैंकहरुको सेयरमा खेल्न खोजेको थियो, तर अधिक आपूर्तिका कारण सकेनन् ।’ स्रोतले भन्यो–‘सेयरको कम आपूर्ति रहेका लघुवित्त कम्पनी(साना कम्पनी)मा खेल्न सकिने निश्कर्षसहित वाणिज्य बैंकमा असफल त्यही गिरोह माइक्रोफाइनान्समा केन्द्रीत हुन पुग्दा बजारमा लघुवित्त समूहका कम्पनीमा उछालको अवस्था देखिएको हो ।’ 

बुधबार १० वटा लघुवित्त कम्पनीको सेयर मूल्यमा उछाल आयो । यीमध्ये अधिकांशको सेयरमूल्यमा पोजिटिभ सर्किट लाग्यो । 

विजय लघुवित्त वित्तीय संस्था, लक्ष्मीसिभिल लघुवित्त, नेपाल एग्रो, सपोर्ट माइक्रोफाइनान्स, आशा लघुवित्त, गणपति माइक्रोफाइनान्सको सेयर मूल्यमा पोजिटिभ सर्किट लाग्यो । 

स्वाभिमान लघुवित्त, गुराँस लघुवित्त र नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समेत १० प्रतिशतकै हाराहारीमा बढ्न पुग्यो ।