काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व नीतिअन्तर्गत अपांगता संरक्षण नेपाललाई १५० थान सेतो छडी हस्तान्तरण गरेको छ।
बैंकका सञ्चालक प्राडा हेमराज सुवेदीले एक कार्यक्रमका बीच उक्त सेतो छडी अपांगता संरक्षण नेपालका प्रमुख विरोध खतिवडालाई हस्तान्तरण गरेका हुन्। बैंकद्वारा हस्तान्तरण गरिएको सेतो छडीले दृष्ट्रिविहीन व्यक्तिलाई आवतजावतमा सहयोग हुनुका साथै दैनिक जीवनयापन सहज बनाउन सहयोग मिल्ने विश्वास बैंकले लिएको छ।
बैंकले ९० शाखा कार्यालय, ७८ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19