काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेड र सुपर खुदी जलविद्युत प्रालिबीच अप्पर खुदी जलविद्युत आयोजनामा सहवित्तीयकरण कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौतामा आज सोमबार हस्ताक्षर भएको छ।
२१.२१ मेगावाट क्षमता रहेका अप्पर खुदी जलविद्युत आयोजनाको अनुमानित लागत रु ४ अर्ब १९ करोड रहेको छ। सुपर खुदी जलविद्युतले लमजुङको मस्र्याङ्दी गाउँपालिकामा उक्त जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ।
बैंक अफ काठमाण्डूको अगुवाइमा रहेकोे उक्त सहवित्तीयकरणको सदस्य बैंकहरुमा ग्लोबल आईएमई बैंक, सिभिल बैंक, मेगा बैंक नेपाल तथा नेपाल क्रेडिट एन्ड कमर्श बैंक लिमिटेड रहेका छन्।
उक्त जलविद्युत आयोजनाको निर्माणका लागि कुल लागतको ७०% बैंकहरुको सहवित्तीयकरण कर्जा र बाँकी ३०% उक्त कम्पनीको लगानी रहनेछ। आयोजना पुरा भएपछि उत्पादित विद्युत तादीकुना सबस्टेसनमा जोडिनेछ। सबस्टेसनसम्मको आवश्यक ५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन कम्पनी आफैँले निर्माण गर्नेछ।
यस सहवित्तीयकरण कर्जापश्चात् यस जलविद्युत आयोजना निर्माणमा सहयोग पुग्ने र समयसीमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने विश्वास बैंकले लिएको छ।
हालसम्म बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालय, ७८ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ। साथै, उर्जा क्षेत्रमा बैंक अफ काठमाण्डूको संलग्नता हालसम्म ३४ वटा परियोजनामा रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago